पोखरा १६ बाटुलेचौरस्थित ऐतिहासिक कालिका मन्दिरमा यस वर्ष पनि बडादशैंको अवसरमा नवदुर्गा पूजा तथा आरती गरिने भएको छ ।
हिमालय क्लबको आयोजनमा यही असोज २८ गतेदेखि कार्तिक ७ गते बडादशैंको टिकाको दिनसम्म विभिन्न कार्यक्रम सहित दुर्गा पूजा गरिने क्लबका अध्यक्ष सुशील बस्नेतले जानकारी दिए ।
क्लबले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूजाको तयारी अन्तिम चरणमा पुगेको र विभिन्न समुदायले तयारी तीव्र पारेको सचिव शिवराज देवकोटाले जानकारी दिए।
बाईसे चौबिसे राजाका पालादेखि नै हुँदै आएको पूजालाई व्यवस्थित रूपमा सम्पन्न गर्न क्लवका निवर्तमान अध्यक्ष मोहन बहादुर थापाको संयोजकत्वमा दुर्गा पूजा व्यवस्थापन समिति समेत गठन गरिएको छ । दशैंको साँस्कृतिक तथा धार्मिक पक्षलाई जोगाई राख्न र यसको ऐतिहासिकताका विषयमा नयाँ पुस्तालाई जानकारी दिन कार्यक्रमलाई निरन्तरता दिईएको संयोजक थापाले बताए ।
पूजा अन्तर्गत घटस्थापनाको दिनदेखि दशमीसम्म बिहान नित्य पूजा, चण्डी पाठ र घटस्थापना गरिने साँझ सन्ध्याकालिन महाआरती, १ सय ८ दीप प्रज्वलन, भजन कीर्तन तथा परियार समुदायको नहरा प्रस्तुति र गन्धर्व समुदायले मालश्री धुन प्रस्तुत गर्ने तयारी गरिएको छ ।
फूलपातीको दिन क्षेत्री समाजको संयोजनमा चण्डीका, अम्विका र कालिका मन्दिरको परिक्रमासहित कलश यात्रा गरिनेछ । नियमित रुपमा पूजाआजा हुने भएतापनि नवदुर्गाभर विशेष पूजा अर्चना हुने र महाअष्टमीको साँझ दीप प्रज्वलन, कालरात्री पूजा र महाआरती सहितको विशेष पूजा हुने कालिका मन्दिरका पुजारी नारायण प्रसाद देवकोटाले जानकारी दिए ।
विशेष दुर्गा पूजा दशैं अवधिभर बिहान र साँझमा नियमित हुने बताइएको छ । हिमालय क्लबको संयोजनमा हुने दुर्गा पूजामा शुक्ला साहित्य प्रतिष्ठान, बडहरवोट आमा समूह, संरक्षण आमा समूह, नेवाः खल बाटुलेचौर, मैदान आमा समूह, क्षेत्री समाज, कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समिति र मानव अधिकारका लागि महिला एकल महिला समूह, परियार समाज लगायतका संघ संस्थाको सहकार्य रहेको क्लबले वनाएको छ ।
उक्त मन्दिरमा चौबिसे राजा कुलमण्डन शाहको पालादेखि नै पूजाआजा हुँदै आइरहेको बताइन्छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला