कैलाली । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रियल एमाले नभएको टिप्पणी गरेका छन् । समाजवादी मोर्चाले धनगढीमा आयोजना गरेको सन्देश सभामा उनले यस्तो बताएका हुन् ।
‘अहिले एमालेको नेतृत्व जसले गरेको छ उहाँ रियल एमाले होइन, उहाँ संघीयतावादी, गणतन्त्रवादी होइन’, प्रचण्डको आरोप छ । युद्धकालीन अवस्था स्मरण गर्दै उनले अहिलेको नेतृत्व तत्कालीन अवस्थामा भएको भए अहिलेको परिवर्तन सम्भव हुन नसक्ने प्रचण्डले बताए । अहिले पनि जनताको उपलब्धि गुम्ने खतरामा रहेकोमा प्रचण्डको बुझाइ छ ।
‘परिवर्तन उल्टाउन चाहने शक्तिलाई परास्त गर्छौं । त्यसको लागि हामी एक ठाउँमा आउनु पर्छ’, उनले भने, ‘संविधान मिचेर संसद् विघटन गर्ने र प्रतिगमनतर्फ लैजाने डरलाग्दो प्रयास भएकै थियो । हामीले नै त्यो षड्यन्त्रलाई परास्त गरेका थियौं अदालतले पनि जनताको कुरा सुनेर संसद् पुनर्स्थापना गर्यो । अहिले पनि त्यो कोसिस भइरहेको छ ।’
सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको पक्षमा ठूलो काम गरेको प्रधानमन्त्री दाहालको जिकिर छ । उनले ललित निवास, भुटानी शरणार्थी र सुन प्रकरणमा दोषी कारवाहीको भागीदार भएको बताए । ‘अरू पनि केही फायलहरू छिट्टै खुल्दै छन्’, प्रचण्डले भने ।
कांग्रेस पार्टी हो की मञ्च हो की मोर्चा ? बुझिनसक्नु छ
प्रचण्डले कांग्रेसभित्र तीव्र असन्तुष्टि र मतभेद रहेको बताए । ‘एमाले भित्र पनि थाहा पाइरहनु भएको होला । एमालेभित्र चिरा परेको छ । कांग्रेस पार्टी हो की मञ्च हो की मोर्चा हो ? बुझिनसक्नु छ’, उनले भने, ‘कोशीमा हाम्रो एउटा गठबन्धन छ अर्काे असन्तुष्ट कांग्रेससँग एमालेको गठबन्धन छ ।’
उनले दुई दिनसम्म कोशीको समस्या समाधान गर्न आफूले पहल गरेको बताए । उनले विश्वासको मत लिनुभन्दा पहिले एक मन्त्री मात्रै बनाउने सहमति भएको तर त्यहाँ २ मन्त्री नियुक्त गरेकोमा असन्तुष्टि समेत रहेको बताए । शेरबहादुर देउवा, आफू र शेखर कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरेर तत्कालको लागि समस्या समाधान गरेको प्रचण्डको भनाइ थियो ।
‘तीनजना बसेर सहमति पत्रमा हस्ताक्षर भयो । यति भएपछि ढुक्क भइयो भनेको फेरि अर्काे कुरा आयो’, उनले भने, ‘नेपाली कांग्रेसको एक मन्त्री बनाउने भनेको एक एमालेको छिराइहालेछ ।’
प्रधानमन्त्री प्रचण्डले यही गठबन्धन पाँच वर्षसम्म चल्ने बताए । उनले समाजवादी मोर्चाको अन्तिम गन्तव्य एउटै पार्टी भएको समेत जनाए । ‘मोर्चा नै अन्तिम उद्देश्य होइन यसलाई एउटै पार्टी बनाउने लक्ष्य रहेको छ’, प्रधानमन्त्रीले भने ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान