राष्ट्रपतिबाट ३ महिना कैद छुट पाएर छुटेका पश्चिम रुकुमका एकजना युवक पुन: हत्या आरोपमा पक्राउ परेका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घर भएका लोकबहादुर बिक उर्फ लोकेन्द्रलाई हत्या आरोपमा पक्राउ गरिएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले रातोपाटीलाई बताए ।
लोकन्द्रले मुसीकोट–७ साँखक घर भएकी २७ वर्षीया भावना विकको हत्या गरेका हुन् । संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका उनले भावनाको हत्या गरेको स्विकार गरेका छन् । असोज ३० मा मुसिकोट नगरपालिका–१ त्रिवेणीचोकको सत्कार होटलमा भावनाको शव फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा लोकबहादुरले हत्या गरेको खुलेको डिएसपी भट्टराईले जानकारी दिए ।
३३ वर्षीय लोकेन्द्र र भावना प्रेम सम्बन्धमा थिए । भावनाले आफूलाई विवाह गर्न ‘दवाव’ दिएपछि हत्या गरेको लोकेन्द्रले प्रहरीलाई बताएका छन् । त्रिवेणी चोकमा रहेको सत्कार होटलमा उनिहरु असार २८ मा पुगेका हुन् । दुईदिन पछि विहानको खाना नखाएर लोकेन्द्र हिँड्न खोजेपछि भावनाले उनलाई तानेकी थिइन् । ‘विवाह गर्नुपर्छ’ भनेर दवाव दिएपछि शुरुमा आफुले छातिमा प्रहार गरेको र त्यसपछि होटलको कोठामा भेटिएको चक्कुले घाँटीमा काटेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।
हत्यामा नयाँ चक्कु प्रयोग भएको भेटिएको डिएसपी भट्टराईले बताए । उनी भन्छन्–‘हत्या योजनाबद्ध देखिन्छ ।’ लोकेन्द्र खलंगा स्थित आफ्नै डेराबाट पक्राउ परेका हुन् । हत्यापछि उनी त्यहाँबाट भागेका थिए । कोठामा बाहिरबारट ढोका बन्द भएको देखेर शंका लागेपछि होटल संचालकले प्रहरीलाई खबर गरेका हुन् ।
भावना म्यादी प्रहरीमा भर्ना भएर लोकेन्द्रको घर नजिकैको बुथमा खटिएकी थिइन् । त्यतिवेला उनिहरुको बिचनमा चिनजान भयो । पछिलो समय उनीहरुबिच आर्थिक लेनदेन र विवाहेत्तर सम्बन्ध रहेको थाहा भएको छ । भावनाका श्रीमान वैदेशिक रोजगारीमा छन् ।
लोकबहादुरलाई बहुविवाह मुद्दामा रुकुम पश्चिम जिल्ला अदालतले ११ मकिहना कैद सजाय हुने फैसला गरेको थियो । तर, ६ महिना कैदमा बसेपछि असोज ३ मा मन्त्रिपरिषद्ले उनको चालचलन ‘असल’ भएको भन्दै कैद छुट दिन सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेले सदर गरेपछि उनी छुटेका हुन् ।
बहुविवाहमा एकपटक मुद्दा झेलेर निस्केको हुनाले भावनासँग विवाह गर्दा समस्या पर्ने देखिएपछि हत्या गरेको लोबहादुरले बयान दिएका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु