पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत अम्लेखगञ्ज हात्तीसारमा रहेको गौरीकली नामक हात्तीको ६९ वर्षको उमेरमा निधन भएको छ ।
यमगज नामक जंगली हात्तीले हात्तीसारका अन्य जवान हात्तीलाई दुख दिन थालेपछि गौरीकला करिब १ वर्षदेखि हात्तीसारमा एक्लै बस्दै आएकी थिइन् ।
पर्सा निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोषकुमार भगतले गौरीकली घटस्थापनाको दिनदेखि अशक्त भई बिरामी भएको र नवमी (सोमवार) को दिन मृत्यु भएको बताएका छन् । उनको मृत्यु कुनै रोगको कारण भन्दा पनि उमेर हदका कारण बुढी भएर मृत्यु भएको बताएका छन् ।
नौ दिन देखि उठ्न नसकेको गौरीकलीले आहाराको रूपमा पानी र घाँस मात्र खाई रहेको थियो । मृत्युपछि निकुञ्जकै पशु चिकित्सकले सोमबार पोस्टमार्टम गरेपछि साँझ हात्तीसार परिसरमै धार्मिक विधिसहित गौरीकलीको खाल्डो खनेर सद्गत गरिएको भगतले जनाएका छन् ।
सन् १९५४ मा भारतमा जन्मिएकी गौरीकली सन् १९८४ मा अमलेखगन्ज हात्तीसारमा ल्याइएको हो । सुरुदेखि अम्लेखगञ्ज स्थित हात्तीसारमा बस्दै आएकी गौरीकलीको आफ्नो सन्तान छैनन् । यमगज नामक जंगली हात्ती हात्तीसारका रहेका अन्य घरपालुवा हात्ती र आसपासको बस्तीमा छिरेर दुख दिन थालेपछि निकुञ्जले सबै हात्तीलाई निकुञ्जभित्रको रामहोरी भाटामा सारेको छ ।
गौरीकलीको पनि मृत्यु भएपछि अहिले अमलेखगन्ज स्थित हात्तीसार हात्तीविहिन भएको छ । जंगली हात्ती यमगज निकुञ्ज वरपर नै भएकाले हात्तीसारमा तत्कालै हात्ती ल्याउन सक्ने अवस्था नभएको निकुञ्ज प्रशासनले जनाएको छ ।
हात्ती अभावमा हात्तीसार र त्यस वरपरको होटल तथा पर्यटन गतिविधि ठप्प प्राय भएको छ । अमलेखगन्ज हात्तीसारमा १० हात्तीको दरबन्दी रहेको छ । तीनमा एक मत्ता र सबै ढोइ छन् । प्रत्येक हात्तीलाई ३ वटा कर्मचारीको दरबन्दी छ । त्यस अनुसार हात्तीसारमा अहिले ५ माहुते, ५ पछुवा र ५ फनैतको दरबन्दी छ ।
सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ