धादिङको सल्यानटारमा कृषि प्रदर्शनी तथा व्यापार मेला

धादिङको सल्यानटारमा कृषि प्रदर्शनी तथा व्यापार मेला

Dhading Salyantar

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका मुकाम सल्यानटारमा कृषि प्रदर्शनी तथा व्यापार मेला हुने भएको छ ।

हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीको आयोजना, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ को प्रवर्द्धन तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षणमा उक्त मेला हुन लागेको हो ।

‘प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला’ नामाकरण गरिएको मेला यही कार्तिक १७ गतेदेखि २७ गतेसम्म हुने आयोजकले जनाएको छ ।

मेलाको आकर्षणहरु स्थानीय उत्पादनलाई प्रोत्साहन, कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिँचाई, मौरी पालन, जैविक मल आदिको प्रदर्शनी, कृषि डिजिटलाइजेसनको लागि ‘जियो कृषि एप’को बारेमा कृषकलाई जानकारी तथा प्रदर्शनी रहने आयोजकले जनाएको छ ।

मेलाकै अवसर पारेर स्थानिय धार्मिक स्थलहरुको अवलोकन गराईने र प्रथम सल्यानटार डान्स आईडल २०८० समेत छनोट गरिने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ