प्रिन्सिपल स्वर्णकारको हत्याको विरोधमा मधेस प्रदेशका विद्यालयहरु बन्द

प्रिन्सिपल स्वर्णकारको हत्याको विरोधमा मधेस प्रदेशका विद्यालयहरु बन्द

school

बारा । मधेस प्रदेशका विद्यालयहरू आज मंगलबार बन्द गरिएको छ ।

बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका संचालक तथा प्रिन्सिपल रुपेश स्वर्णकारको हत्याको विरोधमा आज मधेसका बिद्यालयहरु बन्द गरिएको हो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आह्वानमा मधेश प्रदेशका विद्यालयहरु एक दिनका लागि शोक बिदा दिइएको हो ।

नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा स्वर्णकारको हत्याप्रति कडा निन्दा र भर्त्सना गरिएको छ ।

स्वर्णकारमाथि कलैया–६ मदर्सा टोलमा सोमबार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds