मोडल तथा अभिनेत्री दीपाशा बीसीले बिष सेवन गरेर आत्महत्या गरेकी छिन्। बुधबार बेलुकी करिब साढे ८ बजे दीपाशाले आफ्नै घरमा बिष सेवन गरेकी थिइन्।
निकटस्थका अनुसार उडुसको औषधि खाएर सिकिस्त अवस्थामा उनलाई हिजो राति नर्भिक अस्पताल ल्याइएको थियो । दीपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्याएका थिए । आज दिउँसो करिब साढे १२ बजे डाक्टरले मृत घोषित गरेका हुन् ।
उनले बिष सेवन किन गरिन् भन्नेबारे केही खुलेको छैन। उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् । सुर्खेत घर भएकी दिपाशा आर्थिक समस्याबाट गुज्रिरहेको बुझिएको छ । केही समयअघि उनले मिटरब्याजमा ठूलो परिमाणमा ऋण लिएकी थिइन् । उक्त ऋणको ब्याज सय गुणासम्म बढेपछि उनले तिर्न नसकेको स्रोतको भनाइ छ । उनले कलाकारिता क्षेत्रका केही व्यक्तिहरुसँग आर्थिक सहयोग समेत मागिरहेकी थिइन् ।
म्युजिक भिडियो क्षेत्रमा चर्चा कमाइरहेकी दीपाशालाई ‘जलपरी’ उपनामले समेत दर्शकले चिन्दै आएका थिए। सुर्खेतकी बिसीले केही चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् । उनी राम्रो नृतंङगनासमेत थिइन् ।
उनले बिरानो माया, झेली, दुलही रानीलगायत चलचित्रमा अभिनय गरेकी थिइन् । उनलाई लोक दोहोरी मोडल भनेर पछिल्लो समय चिन्ने गरिन्थ्यो।
हिजो बिहानसम्म सुटिङका तस्वीर पोष्ट गरेकी थिइन् । देश तथा विदेशका स्टेज शोमा पनि उनको डिमान्ड थियो । बुझिए अनुसार उनीसँग क्यानाडाको पाँच वर्षको भिसा समेत थियो । उनी हालै मात्र क्यानाडा गएर आएकी थिइन् । ४० जनाको टोली क्यानाडा गएकोमा अधिकांस उतै बसेका थिए भने ५-७ जना मात्रै फर्किएका थिए । फर्किनेमा दीपाशा पनि थिइन् ।
दिपाशाले व्यवसाय पनि गर्थिन् । उनले काठमाडौं मलमा ब्युटी पार्लर चलाउँदै आएकी थिइन् । बाहिरबाट आर्थिक स्रोत राम्रै देखिए पनि उनी कसरी समस्यामा परिन् भन्ने खुल्न सकेको छैन ।
दिपाशाले केही दिनदेखि सामाजिक सञ्जालमा निराशाले भरिएका पोस्टहरु गर्दै आएकी थिइन् । हिजो टिकटकमा उनले एउटा एकतर्फी प्रेमसम्बन्धी संवाद रहेको अडिओमा टिकटक बनाएर लेखेकी थिइन्, ‘बस पुग्यो अब सबै ।’
फेसबुकमा स्टाटस लेखेकी थिइन्ः
जिन्दगी त हाँसेर जिउने हो
सायद कहिलेकाहीँ कल्पनाभन्दा बाहिरको
आगमनले जिन्दगी तहस नहस बनाउने रहेछ
कहिलेकाहीँ समयले मान्छेको अनेक रुप देखाउँछ
बस अब कसैप्रति बिश्वास गर्ने छैन र
बारबार टुट्ने छैन
विश्वास, माया, अनि सबन्ध सबै फ्लिम मै ठीक छ
यथार्थमा जिन्दगीमा सहन गाह्रो छ सबै
अर्को स्टाटस थियोः
जीवन आफूभन्दा बढी महत्व कसैलाई नदिनु हो
यो संसारमा सबैभन्दा विश्वासिलो त
मृत्यु मात्र रहेछ जसले आजसम्म कसैलाई
धोका दिएको छैन
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु