पोखरा । मौलिक तथा राष्ट्रिय सम्वत् नेपाल संवत् ११४४ लाई पोखरामा भिन्तुना र्यालीसहित स्वागत गरिएको छ । नेवा खलः कास्कीले मंगलबार बिहान भिन्तुना र्याली निकाली पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण गरेको छ ।

कास्कीमा रहेका विभिन्न नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा कचाँ, नेवा मिसा पुचः लगायत विभिन्न जातीय समुदायहरुको सहभागितामा पृथ्वीचोकबाट भिन्तुना र्याली निकालिएको हो ।
पृथ्वीचोकबाट सुरु उक्त र्याली नयाँबजार महेन्द्रपुल, तेर्सापट्टि हुँदै नेवा छेँ कै भवनमा पुगेपछि समापन गरिएको थियो । भिन्तुना र्यालीको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरूङ हुन् ।

पोखरा र आसपासमा रहेका नेवारी समुदायको झाँकी, बाजा तथा भेषभुषाहरुको प्रस्तुति र प्रचार प्रसार गर्ने उद्देश्यले र्याली आयोजना गरिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । उक्त र्यालीमा उत्कृष्ट हुने समूहहरु पुरस्कारको समेत व्यवस्था गरेको छ ।

नेपाल सम्वत् नेपालमै प्रादूर्भाव भएको मौलिक संवत हो । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । हाल नेवार समुदायले नेपाल सम्बत् नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । साख्वाले तत्कालिन नेपाल भनेर चिनिने कान्तिपुर, पाटन र भादगाउँका जनताको ऋण तिरेर नेपाल सम्वत चलाएका हुन् ।

सरकारले नेपाल सम्वतका प्रवर्तक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।






सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?