पोखरा महानगरपालिका वडा नं. ११ रामघाट स्थित गीता मन्दिरमा भाइटीकाको दिन सामूहिक टीका ग्रहण कार्यक्रममा धार्मिक सहिष्णुताको उदाहरण देखियो । जहाँ १५० बढीले टीका ग्रहण गरे । हिन्दुसहित बौद्ध र मुस्लिम दाजुभाइले सप्तरंगी टीका लगाए ।
पोखरा महानगर प्रमुख धनराज आचार्यको समुपस्थितिमा मौलिक रुपमा सम्पन्न कार्यक्रममा हिन्दु, बौद्ध, मुस्लिम लगायतका समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

भाष्कर पण्डित कमलनयन गौतमले तिहारका बारेमा जानकारी र बटुकहरुबाट स्वस्तीपाठ गरी कार्यक्रम सुरु भएको थियो । जहाँ देउसीभैलो कार्यक्रमसमेत आयोजना गरियो । नागरिक समाजका संस्थापक रामबहादुर पौडेल, महानगर प्रमुखका स्वकीय सचिव पूर्ण लामा, पत्रकार फडिन्द्र अकिञ्चनले पनि कार्यक्रममै टीका थापे ।

महानगर प्रमुख आचार्यले दिदीबहिनी नभएका तथा मनाउन जान नपाउनेका लागि पोखरा महानगरले नै यहाँ भाइटीका लगाउने व्यवस्था गरेको जनाए ।
महानगरका अधिकृत लोकदर्शन कोइरालाका अनुसार विभिन्न परपस्थितिले घर परिवारवाट टाढा हुनु परेका, आफ्नै दिदीबहिनी नभएका साथै चाडपर्व मनाउन ईच्छुक तर विविध कारणले मनाउन नपाएकाका लागि पोखरा ११ रामघाटस्थित गिता मन्दिर भाइटीकाका दिन सामूहिक टीका कार्यक्रम आयोजना गरिएको बताए ।

विभिन्न संघ संस्था, नागरिक समाजसंग समन्वय गर्दै पोखरा महानगरपालिकाको व्यवस्थापनमा परम्परागत संस्कृतिको जगेर्ना हुने गरी मौलिक रुपमा आयोजित सामूहिक भाइटीका ग्रहण कार्यक्रम गरेको हो । सहभागिताका लागि नाम टिपाउन पनि महानगरले आग्रह गरेको थियो ।

सम्बन्धित समाचारः
पोखरा महानगरको व्यवस्थापनमा गीता मन्दिरमा ‘सामूहिक भाइटीका कार्यक्रम’
सम्बन्धित खबर
साउनको दोस्रो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो
आज असार १५ : दही चिउरा खाने दिन
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा