गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा बालिकालाई बलात्कार गरी हत्या अभियोगमा मदरसाका शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् ।
बाँके खजुरा ७ घर भई स्थानीय मदरसामा अध्यापन गराउन बसेका २३ वर्षीय रहिस खाँ लाई शान्तिपुरमा डेरा गरी बस्दै आएकी १५ वर्षकी मनिषा रुचाललाई बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि थुनामा पठाएको हो । बालिका रुचाल स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।
खाँ त्यहाँस्थित गुल्सने मदिनामा ५ महिनादेखि शिक्षकका रूपमा कार्यरत थिए । कार्तिक १६ गते मनिषा खेतमा खेतालालाई सुर्ती पुर्याउने जाने क्रममा खाँले बालिकालाई फकाई मस्जिदभित्र लगेर बलात्कार गरी हत्या गरेर सोही रातिनजिकैको हुग्दीखोलामा फालेको स्थानीयले प्रहरीलाई बताएका छन् । १६ गतेबाट हराइरहेकी बालिका कात्तिक १७ गते विहानै खोलामा नग्न अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटना शंकास्पद देखिएपछि प्रहरीले विभिन्न विधि र प्रविधिको प्रयोग गरी सुक्ष्म अध्ययन एवं अनुसन्धान गरी जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अदालतमा मुद्दा दर्ता गरेकोमा सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले बताएका छन् ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?