रुसी सेनामा भर्ती भएका स्याङ्जाका युवक मारिएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–५ स्थित ठूलास्वाँराका पितम कार्कीको निधन भएको नेपाली राजदूतावास, मस्कोले जनाएको छ ।
रुसमा पुगेर त्यहाँ सेनामा भर्ती भएका कार्कीसहित तीन नेपालीको मृत्यु भएको हो । कार्की सहित रुसी सेनामा कार्यरत रहेकै अवस्थामा दोलखाको मेलुङ गाउँपालिका– ६ स्थित सुनारपानीका राज कुमार रोका र इलामको इलाम नगरपालिका–५ का गंगाराज मोक्तानको पनि मृत्यु भएको छ ।
उनीहरुको गत कार्तिक २९ गते तिहारको भाइटिकाको दिन एकैसाथ मृत्यु भएपनि परिवारजनले हालै मात्र खबर पाएका छन् । पितमकी दिदी कल्पना कार्की ढकालले तालिम लिने क्रममा हवाई आक्रमण हुँदा ज्यान गएको खबर आएको बताएकी छन् ।
कार्कीका दुई छोरा छन् । मृत्युपछि हाल उनका १० वर्षीय ठूला छोरा किरियामा बसिरहेको परिवार श्रोतले बताएको छ । ४० वर्षीय कार्कीको मृत्युपछि पुतलीबजार ५ शोकमा डुबेको छ ।
उनीहरुको मृत्युको खबर रुसी सेनाको अधिकारीबाट टेलिग्राम मार्फत प्राप्त भएको मस्कोस्थित नेपाली राजदुताबासले जनाएको छ ।
दुताबासले जानकारी पाएपछि नेपाली कन्सुलरलाई उनीहरुको मृत्युको बारेमा पत्राचार गरेको हो । दोलखाका अन्दाजी ३५ वर्षीय राजकुमार रोकाको यसअघि नेपाल प्रहरीमा थिए । उनी पेन्सन जागिर छाडेर दुई महिना अघि रुस गएका थिए ।

सम्बन्धित समाचारः
रुसी सेनामा भर्ती भएर मृत्यु हुने यी हुन् तीन नेपाली, दूतावासले भन्यो- ‘परिवार सम्पर्कमा आउनू’
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला