रुसी सेनामा भर्ती भएर मृत्यु हुने यी हुन् तीन नेपाली, दूतावासले भन्यो- ‘परिवार सम्पर्कमा आउनू’

रूस-युक्रेन युद्ध

रुसी सेनामा भर्ती भएर मृत्यु हुने यी हुन् तीन नेपाली, दूतावासले भन्यो- ‘परिवार सम्पर्कमा आउनू’

स्याङ्जाका कार्की पनि मारिए

Rajkumar

मृतक राजकुमार रोका

रुसमा पुगेर त्यहाँ सेनामा भर्ती भएका तीन नेपालीको मृत्यु भएको छ ।

रुसी सेनामा कार्यरत रहेकै अवस्थामा स्याङ्जाको पुतली बजार नगरपालिका–५ ठूलास्वाँराका पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका– ६ स्थित सुनारपानीका राज कुमार रोका र इलामको इलाम नगरपालिका–५ का गंगाराज मोक्तानको मृत्यु भएको हो ।

उनीहरुको गत कार्तिक २९ गते तिहारको भाइटिकाको दिन मृत्यु भएपनि परिवारजनले हालै मात्र खबर पाएका छन् । उनीहरुको मृत्युको खबर रुसी सेनाको अधिकारीबाट टेलिग्राम मार्फत प्राप्त भएको मस्कोस्थित नेपाली राजदुताबासले जनाएको छ ।

दुताबासले जानकारी पाएपछि नेपाली कन्सुलरलाई उनीहरुको मृत्युको बारेमा पत्राचार गरेको हो ।

दोलखाका अन्दाजी ३५ वर्षीय राजकुमार रोकाको  यसअघि नेपाल प्रहरीमा  थिए । उनी पेन्सन जागिर छाडेर दुई महिना अघि रुस गएका थिए । अन्यकाे थप विवरण प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds