स्याङ्जामा फेरी अटो रिक्सा दुर्घटना भएको छ । पुतलीबजार नगरपालिका वडा नं. ३ आम्बोट स्थित सिद्धार्थ राजमार्गमा स्याङ्जाबाट बाडखोलातर्फ जाँदै गरेको लु.१ ह. ३८१५ नं. को अटो दुर्घटनामा परेको हो ।
दुुर्घटनामा पुतलीबजार नगरपालिका वडा नं. १ घुम्ती बस्ने ५५ वर्षीया माया पौडेल घाईते भएकी छन् । उनको पोखरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।
अटो रिक्सा ब्रेक लगाउने क्रममा भित्तामा ठोक्किन गई दुर्घटना भएको प्रहरीको भनाई छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसअघि गएकाे हप्ता वालिङमा भएको अटो रिक्सा दुर्घटनामा एक शिशुको ज्यान गएको थियो । वालिङबाट खहरेका लागि छुटेको लु १ ह ३६८६ नम्वरको अटो रिक्सा मंसिर २ गते साँझ दुुर्घटना हुँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छीबजारका ओम बहादुर लम्साल क्षेत्रीको १६ महिनाकी छोरी कायरा क्षेत्रीको ज्यान गएको थियो ।
स्कुटर र बाइक ठोक्किँदा २ घाइते
यसैबीच, स्याङ्जामा नै मंगलबार दिउँसो स्कुटर र बाइक ठोक्किँदा दुई जना घाइते भएका छन् । वालिङमा ग१९प १३३० नम्बरको स्कूटर र ग६प ९९९० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा वालिङ नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३४ की अमृता खाम्चा र स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ७ ठूलाडिही बस्ने बर्ष २५ को सागर तिमिल्सेना रहेका छन् ।
अमृतालाई थप उपचारका लागि पोखरा ल्याइएको छ भने सागरको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
रुकुम पश्चिम जिप दुर्घटना: मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
रुकुम पश्चिममा जिप दुर्घटना : सात जनाको मृत्यु, १० जना घाइते
स्याङ्जामा मोटरसाइकल दुर्घटना: राष्ट्रिय कृषि परियोजना कास्कीका प्रमुख लम्सालको मृत्यु
इलाममा बाढी-पहिरोले कम्तिमा १८ जनाको मृत्यु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’