स्याङ्जामा फेरी अटो रिक्सा दुर्घटना भएको छ । पुतलीबजार नगरपालिका वडा नं. ३ आम्बोट स्थित सिद्धार्थ राजमार्गमा स्याङ्जाबाट बाडखोलातर्फ जाँदै गरेको लु.१ ह. ३८१५ नं. को अटो दुर्घटनामा परेको हो ।
दुुर्घटनामा पुतलीबजार नगरपालिका वडा नं. १ घुम्ती बस्ने ५५ वर्षीया माया पौडेल घाईते भएकी छन् । उनको पोखरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।
अटो रिक्सा ब्रेक लगाउने क्रममा भित्तामा ठोक्किन गई दुर्घटना भएको प्रहरीको भनाई छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसअघि गएकाे हप्ता वालिङमा भएको अटो रिक्सा दुर्घटनामा एक शिशुको ज्यान गएको थियो । वालिङबाट खहरेका लागि छुटेको लु १ ह ३६८६ नम्वरको अटो रिक्सा मंसिर २ गते साँझ दुुर्घटना हुँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छीबजारका ओम बहादुर लम्साल क्षेत्रीको १६ महिनाकी छोरी कायरा क्षेत्रीको ज्यान गएको थियो ।
स्कुटर र बाइक ठोक्किँदा २ घाइते
यसैबीच, स्याङ्जामा नै मंगलबार दिउँसो स्कुटर र बाइक ठोक्किँदा दुई जना घाइते भएका छन् । वालिङमा ग१९प १३३० नम्बरको स्कूटर र ग६प ९९९० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा वालिङ नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३४ की अमृता खाम्चा र स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ७ ठूलाडिही बस्ने बर्ष २५ को सागर तिमिल्सेना रहेका छन् ।
अमृतालाई थप उपचारका लागि पोखरा ल्याइएको छ भने सागरको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा