राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापति बनाइएको छ । यस्तै अनिलकेशरी शाहलाई पार्टीले केन्द्रीय सदस्य बनाएको छ ।
महोत्तरीको जलेश्वरमा आज (बुधबार) बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले पार्टीका १४ सांसदलाई केन्द्रीय समितिमा मनोनयनसमेत गरेको छ । पार्टीका ६ सांसद यसअघि नै केन्द्रीय सदस्य थिए ।
पार्टीको विधानअनुसार सात जना प्रदेश सभापति पनि केन्द्रीय सदस्य रहनेछन् । पछिल्लो निर्णयअनुसार पार्टीको केन्द्रीय सदस्यको संख्या ६० पुगेको छ ।
पार्टी महामन्त्री मुकुल ढकालका अनुसार आज केन्द्रीय सचिवालयमा शाहसँगै राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई पनि समेटिएको छ ।
यस्तै, रास्वपाले तीनजना सह-प्रवक्ता पनि थपेको छ । जसमा मनीष झा, प्रतिभा रावल र रमेश प्रसाईं छन् ।
बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको छ । पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचाअनुसार पार्टी सञ्चालन गर्ने निर्णय गरिएको पनि ढकालले जनाए । उनले सोहीअनुसार पार्टी सचिवालय गठन गरिएको जानकारी दिए ।
यस्तो छ रास्वपाको सचिवालय :
१. सभापति – रवि लामिछाने
२. उपसभापति – डीपी अर्याल
३. उपसभापति – स्वर्णिम वाग्ले
४. महामन्त्री – मुकुल ढकाल
५. सह-महामन्त्री – कवीन्द्र बुर्लाकोटी
६. सह-महामन्त्री – सुमना श्रेष्ठ
७. सह-महामन्त्री – विपिन आचार्य
८. संसदीय दलको उपनेता – विराजभक्त श्रेष्ठ
९. प्रमुख सचेतक – सन्तोष परियार
१०. कोषाध्यक्ष – लिमा अधिकारी
११. सह-कोषाध्यक्ष – बसुमाया तामाङ
१२. सह-कोषाध्यक्ष – दीपक बोहोरा
केन्द्रीय सदस्य थप :
१. अनिलकेशरी शाह
२. राजन गौतम (चितवन)
३. नन्दन यादव (महोत्तरी)
४. पुकार बम
५. कामिनी चौधरी
अन्य पदाधिकारी :
१. सह-प्रवक्ता – मनीष झा
२. सह-प्रवक्ता – प्रतिभा रावल
३. सह-प्रवक्ता – रमेश प्रसाईं
सम्बन्धित खबर
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
एमाले ११औं महाधिवेशन: निर्वाचनको नतिजा भोलि मात्रै आउने
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?