धादिङको गोलाङमा ६२ वर्षीया वृद्धा मृत फेला

शंकास्पद घटना

धादिङको गोलाङमा ६२ वर्षीया वृद्धा मृत फेला

शंकास्पद एक जना नियन्त्रणमा

golang murd (1)

धादिङमा एक बृद्धा मृत फेला परेकी छन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नंं ६, गोलाङमा ६२ वर्षीया मनकुमारी सर्किनी बिहान मृत फेला परेकी हुन् ।

यतिबेला धादिङ प्रहरीको टोली घटनास्थल पुगी मुचुल्का उठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले गण्डकन्यूजलाई जानकारी दिए । शंकास्पद एक जनालाई नियन्त्रणमा लिइएको छ ।

‘बृद्धा मृत फेला परेको जानकारी पाएपछि टोली पुगेको छ । मुचुल्का उठाउने कार्य भइरहेको छ ।’ एसपी मिश्रले भने – ‘घटनाबारे सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएका छौँ । उनी हिजो बेलुकी सँगै खाना खाएको भन्ने खुलेको छ । अरु कुरा शवको पोष्टमार्टपछि नै थाहा हुन्छ ।’

घटनास्थलमा रहेका स्थानीय राजकुमार (राजा)का अनुसार बृद्धाको घाँटी र अनुहारमा चोट देखिन्छ । घरमा बृद्धाका श्रीमान् पनि रहेको बुझिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds