लोकसेवा आयोगले खोल्यो २६२ शाखा अधिकृतको विज्ञापन

लोकसेवा आयोगले खोल्यो २६२ शाखा अधिकृतको विज्ञापन

lok sewa

पोखरा । लोकसेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरेको छ ।

आयोगले आज सूचना जारी गर्दै गर्दै शाखा अधिकृत वा सो सरहको पदका लागि खुला तथा समावेशी आधारमा दरखास्त माग गरेको हो ।

सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २ सय ६२ जनाका लागि विज्ञापन खुला गरिएको आयोगले जनाएको छ ।

दरखास्त दिने अन्तिम मिति १७ पुससम्म तोकिएको छ । दोब्बर दस्तुरमा २४ पुससम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds