चापाकोटमा पानी ट्यांकर दुर्घटना हुँदा दुईजना घाइते

दुर्घटना

चापाकोटमा पानी ट्यांकर दुर्घटना हुँदा दुईजना घाइते

चालकलाई पोखरा रेफर

thanau accident

स्याङ्जाको चापाकोट नगरपालिकामा ट्यांकर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका -१८ नयाँ गाउँ बस्ने ३१ वर्षीय ट्यांकर चालक हिरा परियार र स्याङ्जा चापाकोट नगरपालिका -५ मकैडाँडा बस्ने ३२ वर्षीय सह-चालक जिगर परियार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

आइतबार राति चापाकोट -५ हिलामराङ स्थित ज्याग्दी खोलाबाट मकैडाँडातर्फ पानी लिएर जाँदै गरेको हिमाल कन्स्ट्रक्सन प्रालिको ट्यान्कर उकालोमा सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते सह-चालकलाई चापाकोट नगर अस्पतालमा उपचार पश्चात् डिस्चार्ज गरिएको र चालकलाई रामपुर अस्पताल पाल्पामा प्राथमिक उपचार पछि पोखराको गण्डकी मेडिकल कलेजमा थप उपचारका लागि पठाइएको डिएसपी रानाले बताए ।

दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ