लमजुङमा दिदीबहिनीलाई नै जबर्जस्ती करणी गरेको आरोपमा ६२ वर्षीय पुरूष पक्राउ परेका छन् । लमजुङ प्रहरीले क्व्होलासोथार गाउँपालिका-३ का उदिमजंग गुरुङलाई पक्राउ गरेको हो ।
१२ र १४ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
गत बिहीबार पक्राउ परेका गुरुङविरुद्ध शुक्रबार जिल्ला अदालतबाट ७ दिनको थप म्याद लिई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले निषेधित कसुर अपराध जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१४ वर्षीया बालिकालाई भदौ २४ र १२ वर्षीया बालिकालाई कात्तिक २६ मा जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले २ जना बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा गुरुङविरुद्ध मुद्दा अघि बढेको बताए ।
जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘हामीले पीडकलाई पक्राउपछि म्याद थपेर मुद्दा अघि बढाएका छौं । सबै कुराहरु अनुसन्धानबाट खुल्ने नै छ’, उनले भने ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ