पोखरा महानगरपालिका वडा नं. १४ अनुपमटोल, चाउथेमा अवस्थित पोखरा पब्लिक स्कुलले आफ्नो स्थापनाकालको २९ औँ वार्षिकउत्सव यहि पौष १० र ११ गते दुई दिन विविध कार्यक्रमहरुको आयोजना गरि मनाउँदै छ ।
यस अन्तर्गत पहिलो दिन, पौष १० गते, मङ्गलबार विद्यालयमा आयोजना हुने बृहत शैक्षिक प्रर्दशनीमा बालसुलभ ढङ्गले विद्याथीहरुद्वारा निर्मित विज्ञान, गणित, सामाजिक, कम्प्युटर लगायत विभिन्न विषयअन्र्तगतका शैक्षिक सामग्रीहरु प्रदर्शन गरिँदैछ ।
दोस्रो दिन ११ गते, बुधबार सम्पन्न हुने २९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसमा २०७९ सालको एस.इ.इ परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याएका एक जना विद्यार्थीलाई रु पच्चिस हजार नगद र चादीको पदकले सम्मान गर्ने, सो परीक्षा र कक्षा १२ एस.एल.सी परिक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरु, उत्कृष्ट शिक्षक र अनुशासन, सहकार्य आदिमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिने कु्रा विद्यालयका संस्थापक प्राचार्य कृष्ण के.सी ले जानकारी दिए ।
विविध सांस्कृतिक समारोह सहित सम्पन्न हुने सो कार्यक्रममा लोकनृत्य, प्रत्क्षय गायन, सांस्कृतिक भेषभुषा आदिको तयारी पूरा भएको जानकारी विद्यालयका संगित शिक्षक सुनिल थापाले दिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्य वसन्तप्रसाद पराजुलीले कार्यक्रमको भव्य सफलताको शुभकामना दिएका छन् ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो