पोखरा । नेकपा एमालेनिकट अनेरास्ववियुको कास्की जिल्ला मादी गाउँपालिका कमिटी अध्यक्षमा प्रदिप सापकोटा निर्वाचित भएका छन् । गत बिहीबार भएको दोस्रो अधिवेशनबाट सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
कमिटी उपाध्यक्षमा विवेक लामिछाने, सचिवमा सुमन गौतम, सहसचिवमा आरती बराल र विशाल बराल, कोषाध्यक्षमा उज्ज्वल पोखरेल चयन भएका छन् । सदस्यमा स्नेह गुरूङ, सयल गुरूङ, असिम गुरूङ, पूर्णिमा क्षेत्री, सफल पोखरेल, मदन सापकोटा, बिपिन क्षेत्री पराजुली, सुस्मिता बराल, सदिक्षा क्षेत्री, सरोज लामिछाने, सुदिप भण्डारी, रितिक अधिकारी, सोनिया गौतम, ममता गुरूङ, कविता सुनार, रोशनी आचार्य र ममता अधिकारी चयन भए ।
एक जना महिला सहसचिव कमिटीको बैठकबाट चयन गरिने अनेरास्ववियु कास्की कोषाध्यक्ष एवं मादीका पूर्वअध्यक्ष रवि क्षेत्रीले जानकारी दिए ।
अधिवेशनमा नेकपा एमाले मादी गाउँपालिका इन्चार्ज दिपक तामाङ, एमाले मादी अध्यक्ष बालकृष्ण गुरूङ, अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष प्रबिन श्रेष्ठ, केन्द्रीय सदस्य विष्णु पोखरेल, केन्द्रीय सदस्य अनुप लामिछाने, कास्की जिल्ला अध्यक्ष सन्तोष पोखरेललगायतको उपस्थिति थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ