पोखरामा आयोजित ३ दिने प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीमा ५५ लाखको कारोबार भएको छ भने ३० हजार दर्शकले अवलोकन गरेका छन् । साथै, ६ करोड बराबरको कृषि सामाग्री बुकिङ भएको छ ।
नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घले कृषि यान्त्रिकरण प्रदर्शनी आयोजना गरेको हो । कुल ६० कम्पनीले ७० वटा स्टल प्रदर्शनीमा राखेको थियो ।
उक्त ७० स्टलमध्ये ९ वटा मेडइन नेपाल पभेलियन अन्तर्गत थियो भने १५ वटा रैथाने बालीको स्टल थियो । यस्तै दुई वटा विदेशी स्टल पनि रहेको थियो । प्रदर्शनीमा १० भन्दा बढी मुलुकका एक हजार भन्दा बढी प्रकारका कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरू अवलोकन तथा खरिदका लागि राखिएका थिए ।
कार्यक्रम सोचेजतिकै भव्य भएको संघका अध्यक्ष कृष्ण शर्माले बताए । अध्यक्ष शर्माका अनुसार कृषि यान्त्रिकरणको प्रवर्द्धन गर्ने उद्देश्यसहित पहिलो पटक प्रदेश स्तरमा प्रदर्शनी गरिएको हो । यसअघि हरेक दुई वर्षमा यस किसिमको प्रदर्शनी हुँदै आएको थियो ।
संघका कोषाध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार मेसिनरी प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिकाले पनि आयोजकको रूपमा साथ दिएका थिए ।
समापन कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आवश्यकता अनुसार कृषिको क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । कृषि भनेको कहिले पनि नहराउने पेशा भएका कारण यसलाई विकास गर्नका निम्ति निरन्तर काम गरिरहनु पर्ने उनले बताए ।
“कृषि भनेको सधैँ रहिरहने पेशा हो, यसलाई निरन्तर रूपमा विकास गर्दै लैजानुपर्छ,” उनले भने । यो विषयलाई हरेक पालिकाले मनन गरेर एक वडा, एक योजना अनुरूप काम गर्दै आएको उनले बताए ।
आजसम्म गरेका प्रयासलाई निरन्तरता दिँदै आगामी दिनमा आवश्यकता अनुसार कृषि क्षेत्रका लागि बजेट विनियोजन गर्दै जाने मेयर आचार्यले बताए ।
संघका सचिव गौरव श्रेष्ठले कार्यक्रम निकै नै उत्साहजनक रहेको भन्दै सोचेजस्तै कार्यक्रमको मुख्य आकर्षण स्वदेशी उत्पादनहरू नै रहेको बताए ।
उनले मिनि ट्रयाक्टर, कुल रुम, टेलर मसिन लगायतका सामग्रीहरू कार्यक्रमको मुख्य आकर्षण भएको बताए ।
प्रदर्शनीमा मेड इन नेपाल स्टलसँगै कृषि यान्त्रिकरण प्रवर्द्धन सम्बन्धी गोष्ठी र सेमिनार, रैथाने बालीहरूको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षणसम्बन्धी प्रदर्शनी, रैथाने बाली एवं कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया भएका छन् ।
एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरू तथा सेवाहरूको बारे जानकारी गराउन यो प्रदर्शनी आयोजना फलदायी भएको आयोजकको निष्कर्ष छ ।
संघका अनुसार दोस्रो प्रदेश स्तरको कृषि यान्त्रिकरण प्रदर्शनी मधेश प्रदेशमा गर्ने तयारी गरिएको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’