पोखरा । नवौं राष्ट्रिय योग दिवश २०८० को अवसरमा पोखरामा एक दिवसीय योग साधना सम्पन्न गरिएको छ । पातञ्जल योग समिति नेपाल, कास्कीले प्रदेश समिति तथा पोखरा नगर समितिको समन्वयमा सो योग साधना आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योग स्वस्थ रहनका लागि अति आवश्यक भएको बताए । उनले सबैले योग गर्नुपर्ने बताउँदै हरेक दिन बिहान ५ देखि ७ वजेसम्मको समय योगका लागि उपयोगि हुने बताए । यो समयमा योग गर्न उपयुक्त भएकोले समय मिल्दैन भनेर बहाना गर्न उचित नहुने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले योग सबैका लागि आवश्यक भएको बताइन् । उनले यसको महत्वलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने र शिक्षाको रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव भोजराज न्यौपाने, गण्डकी प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्यसचिव तेजबहादुर गुरुङ, गण्डकी मेडिकल कलेजका सिइओ डा.रवीन्द्रप्रसाद श्रेष्ठ, लायन्स क्लव्स ३२५ आई का भिडिजी विनोद ढुंगाना लगायतको उपस्थिति थियो ।
पातञ्जल योग समितिका उपाध्यक्ष, गण्डकी इन्चार्ज कमला गुरुङ, कास्की तथा गण्डकी प्रदेश र नगर समितिका पदाधिकारीहरु र सयौं योग साधकहरूको सहभागिता थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय योग प्रशिक्षक प्रेम शाहीले विशेष योगा प्रदर्शन गरेका थिए । समितिले वर्षभर गरेका कार्यहरुको प्रस्तुति देखाएको थियो ।
योग प्रशिक्षक कमला गुरुङले प्रशिक्षण दिएकी थिइन् । कार्यक्रम पातञ्जल योग समिति कास्कीका अध्यक्ष रामबहादुर सुनारको अध्यक्षतामा भएको थियो । सञ्चालन सचिव मुक्ति पनेरूले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर