पोखराको नदिपुरमा रहेको पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा आइडिया कन्टेस्ट सम्पन्न भयो । कलेजका सातौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थी सहभागी कन्टेस्टमा उनीहरुले आफ्ना व्यवसायिक योजना प्रस्तुत गरे ।
हेरिटेज क्राफ्ट शिर्षकमा व्यवसायीक योजना प्रस्तुत गरेका एन्जिला सुवेदी, यज्जु शाक्य, गरिमा काफ्ले , रोशनी तिवारी, सारा गुरुङ, अनिशा नेपाली र सृष्टि थापाको समूह सर्वोत्कृष्ट बन्न सफल भयो । एन्जिला केहि दिन अगाडि सार्वजनिक भएको छैटौं सेमेस्टरको नतिजामा पोखरा विश्वविद्यालय टप विद्यार्थी हुन् ।
ब्राइट एण्ड साइन क्लिनिङ शिर्षकमा व्यवसायिक योजना प्रस्तुत गरेका रोशनी कार्की, सिफाली श्रेष्ठ, अन्जली पौडेल र अमिसा भण्डारीको समूह दोस्रो बने ।
प्रथम स्थान हाँसिल गरेको समूहलाई नगद पुरस्कार दश हजार र प्रमाणपत्र तथा दोस्रो हुने समूहलाई नगद छ हजार र प्रमाणपत्र कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठले प्रदान गरिन् ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरुको योजनालाई पहिरन ट्रेडिङ हाउसकी प्रबन्ध निर्देशक लक्ष्मी थापा गिरी, मुक्ति इनर्जीका संस्थापक प्रकाश आचार्य र नविल बैंक पोखरा शाखाका प्रमुख प्रदिप पहारीले मूल्यांकन गरेका थिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेकी कलेजकी प्राचार्य श्रेष्ठले विद्यार्थीहरुलाई रोजगारी खोज्नेभन्दा पनि रोजगारी दिने बनाउन यस्ता कार्यक्रमहरु सहयोगी हुने बताइन् ।
उपप्राध्यापक सुवास मल्लले सञ्चालन गरेको कार्यक्रममा उपप्राध्यापक निकेस कर्माचार्यले विद्यार्थीहरुलाई प्रतियोगिताको नियमहरुबारे जानकारी गराएका थिए ।





सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस