काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिने सबै आवेदकलाई आफ्नै सवारी साधन प्रयोग गर्न दिन सातै प्रदेश सरकारलाई निर्देशन दिएको छ ।
केन्द्रले एक पत्र लेख्दै सात ओटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
यातायात कार्यालयले तोकेको प्रशिक्षण केन्द्रमा ट्रायल दिन जाँदा परीक्षार्थीले चर्को शुल्क तिर्नु परेको गुनासो आएको केन्द्रको भनाइ छ । यसले सेवाग्राहीलाई असुविधा भएको भन्दै केन्द्रले परीक्षार्थीलाई आफ्नै सवारी साधन प्रयोग गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
यसअघि लुम्बिनी प्रदेशले आफ्ना मातहतका सम्पूर्ण यातायात कार्यालयलाई सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिंदा प्ररीक्षार्थीको स्वेच्छाले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । तर, अधिकांश यातायात व्यवस्था कार्यालयले स्वेच्छाले सवारी साधन प्रयोग गर्ने व्यवस्था लागु गरिसकेका थिएनन् ।
“सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ लगायत कुनै पनि नेपाल कानूनमा परीक्षार्थीले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नु पर्ने कुनै किसिमका बाध्यात्मक व्यवस्था उल्लेख भएको नदेखिएको हुँदा आम परीक्षार्थीहरूको गुनासो सम्बोधन गर्न ट्रायल दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन र सो को कार्यान्वयनको जानकारी यस केन्द्रलाई उपलब्ध गराउन मिति २०८०।१०।०५ गतेको (सचिव स्तरीय) निर्णय बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ को (छ) अनुसार निर्देशन दिइएको ब्यहोरा अनुरोध छ,” केन्द्रले पठाएको पत्रमा लेखिएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु