नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भई चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्नु।’
उनले देशमा अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम भइरहेको बताउँदै राजतन्त्रले प्रकृतिको एकलौटी लुट मच्चाएको आरोप लगाए।
राजतन्त्रले लुम्बिनी विकास कोष, पशुपति विकास कोष, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटी कब्जा गरेको उनकाे आरोप थियाे।
अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको जिकिर गरे। उनले आफ्नो पार्टी मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर रहेको जनाए। अहिलेका समस्या समाधानका लागि गम्भीर विचार मन्थन हुन जरुरी रहेको उनको भनाइ थियो।
‘हामी हाम्रो पार्टी, हाम्रो मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर छौं। अहिलेको स्थितिसँग हामी सन्तुष्ट छैनौँ। तर असन्तुष्ट मात्रै भएर पनि केही हुँदैन। असन्तुष्टि समस्याको समाधान होइन। समस्याको समाधान भनेको खोजेर पत्ता लगाउने हो। समस्याका कारण पत्ता लगाउनुपर्छ। खोजी गर्नुपर्छ। त्यसको समाधानको बारेमा गम्भीर विचार र मन्थन हुनुपर्छ।’ उनले भने।
अध्यक्ष नेपालले विश्वविद्यालयहरूमा विद्यार्थीहरू कमी भइरहेको बारेमा गहन अध्ययन गर्न जरुरी रहेको उल्लेख गरे।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु