पोखरा २५ हेम्जास्थित हेम्जा बोर्डिङ स्कूलले २८ औं वार्षिकोत्सव, अभिभावक दिवस मनाउने भएको छ ।
फागुन १ र २ गते दुई दिन वार्षिकोत्सव मनाउनका लागेको विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले जानकारी दिए ।
‘विश्वव्यापी महामारी कोरोनाका कारण लामो समय विद्यालयको वार्षिकोत्सव कार्यक्रम हुन सकेन’ प्रिन्सिपल पौडेलले भने, ‘वार्षिकोत्सवलाई व्यवस्थित तवरले सम्पन्न गर्नका लागि दुई दिनको कार्यक्रम तय गरेका छौं ।’
कार्यक्रममा विगत ४ वर्षको शैक्षिक तथा २ वर्षको अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम रहेको छ ।
फागुन १ गते नर्सरीदेखि कक्षा ३ सम्म र फागुन २ गते कक्षा ४ देखि १० सम्मको कार्यक्रम तय गरिएको छ ।
वार्षिकोत्सवमा यस विद्यालयबाट एस.एल.सी र एस.ई.ई.मा उत्तीर्ण गरी उच्च तहमा पुगेका पूर्व विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
वार्षिकोत्सवलाई सफल बनाउनका लागि यस अघि विद्यालयले भूपू विद्यार्थीको भेला समेत आयोजना गरेको छ । वार्षिकोत्सवलाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमिति गठन गरेको विद्यालयका संस्थापक माधवशरण पौडेलले जानकारी दिए ।
वार्षिकोत्सवको पूर्व सन्ध्यामा अभिभावका खेल तथा भूपु विद्यार्थीका खेलहरुपनि समावेश गरिएको खेल शिक्षक विष्णु कुँवरले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर