पोखरा २५ हेम्जास्थित हेम्जा बोर्डिङ स्कूलले २८ औं वार्षिकोत्सव, अभिभावक दिवस मनाउने भएको छ ।
फागुन १ र २ गते दुई दिन वार्षिकोत्सव मनाउनका लागेको विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले जानकारी दिए ।
‘विश्वव्यापी महामारी कोरोनाका कारण लामो समय विद्यालयको वार्षिकोत्सव कार्यक्रम हुन सकेन’ प्रिन्सिपल पौडेलले भने, ‘वार्षिकोत्सवलाई व्यवस्थित तवरले सम्पन्न गर्नका लागि दुई दिनको कार्यक्रम तय गरेका छौं ।’
कार्यक्रममा विगत ४ वर्षको शैक्षिक तथा २ वर्षको अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम रहेको छ ।
फागुन १ गते नर्सरीदेखि कक्षा ३ सम्म र फागुन २ गते कक्षा ४ देखि १० सम्मको कार्यक्रम तय गरिएको छ ।
वार्षिकोत्सवमा यस विद्यालयबाट एस.एल.सी र एस.ई.ई.मा उत्तीर्ण गरी उच्च तहमा पुगेका पूर्व विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
वार्षिकोत्सवलाई सफल बनाउनका लागि यस अघि विद्यालयले भूपू विद्यार्थीको भेला समेत आयोजना गरेको छ । वार्षिकोत्सवलाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमिति गठन गरेको विद्यालयका संस्थापक माधवशरण पौडेलले जानकारी दिए ।
वार्षिकोत्सवको पूर्व सन्ध्यामा अभिभावका खेल तथा भूपु विद्यार्थीका खेलहरुपनि समावेश गरिएको खेल शिक्षक विष्णु कुँवरले जानकारी दिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’