सद्गुरुद्वारा डिजाइन गरिएको ईनर इञ्जिनियरिङ कार्यक्रम नेपालको दुई स्थानमा हुँदैछ ।
काठमाण्डौमा फागुन १ गतेदेखि ७ गतेसम्म होटल अन्नपूर्ण, दरबारमार्गमा हुने साताव्यापी कार्यक्रम पोखरामा फागुन ८ देखि १४ गतेसम्म हुनेछ ।
आयोजक ईशा फाउण्डेशनले भनेको छः – ‘हामी फेब्रुअरी महिनामा नेपालमा दुईवटा ईनर इञ्जिनियरिङ कार्यक्रमहरू काठमाडौं र पोखरामा घोषणा गर्न पाउँदा उत्साहित छौं।’
अगाडि भनेको छः ‘सद्गुरुद्वारा डिजाइन गरिएको, इनर इन्जिनियरिङ एक परिवर्तनकारी कार्यक्रम हो र जसमा सद्गुरुद्वारा निर्देशित सरल योग अभ्यासहरू, सत्रहरू र ध्यान प्रक्रियाहरू तथा शाम्भवी महामुद्रा क्रिया, एक शक्तिशाली २१–मिनेट योगिक प्रक्रियाको प्रसारण समावेश छ । यस कार्यक्रमले तपाईलाई स्वास्थ्य, आनन्द र उत्साहको जग निर्माण गर्न र आनन्दको रसायन स्थापना गर्न मद्दत गर्दछ।’
कार्यक्रम पोखराको मार्फा थकाली समाज, शितलादेवीमा हुनेछ । आयोजकका अनुसार हरेक दिन बिहान ६ बजेदेखि ९ बजे वा साँझ ५ बजेदेखि ८ बजेसम्म दुई सत्र राखिएको छ । आफूलाई अनुकूल समय छनौट गरी सहभागी हुन सकिनेछ ।
शनिबारको दिन फागुन १२ गते भने बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म सेशन चल्नेछ । काठमाण्डौमा अंग्रेजी भाषामा हुने र पोखरामा हिन्दी भाषामा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागिताका लागि नाम दर्ता गर्न आयोजकले आग्रह गरेको छ ।
लिन्कः https://isha.co/IE-Pokhara
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?