पोखरा । ‘संस्था समृद्धिमा हाम्रो ध्यान, असल कार्य संस्कृति एनटीन अभियान’ नारासहित आयोजित नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको १० औँ केन्द्रीय परिषद् पोखरा घोषणापत्रः रुपान्तरण जारी गर्दै सम्पन्न भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा शुक्रबार भएको परिषदमा देशभरबाट २०० जना पार्षदको सहभागिता रहेको थियो ।

परिषदमा विगतमा संगठनले कम्पनी, कर्मचारी र सेवाग्राहीको पक्षमा खेलेको भूमिकाको समीक्षा गर्दै कर्मचारी, कम्पनी तथा ग्राहकको वर्तमान अवस्थाको वस्तुगत विश्लेषण सहित आगामी दिनको वृहत्तर हितको लागि तय गर्नुपर्ने कार्यदिशाको विषयमा गहन विचार विमर्श गरिएको प्रचारप्रसार उपमहासचिव गोविन्द ढुंगानाले जानकारी दिए ।
परिषदले कम्पनीको स्वायत्तता, व्यवस्थापकीय सुधार, लगानी विविधकरण, श्रोत उपयोग, कम्पनीको पुनर्संरचना, प्रविधि र पूर्वाधार, साइवर सुरक्षा, ग्राहक सेवा, दूरसञ्चार क्षेत्रको स्थायित्व, कार्य संस्कृति र कर्मचारी सरोकारमा आगामी यात्राको दृष्टिकोणसहितको पोखरा घोषणापत्र जारी गरिएको केन्द्रीय अध्यक्ष मोहनप्रसाद फुयालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

संस्थागत सुधारका विषयमा १५ बुँदा र पेशागत हकहित तथा सुरक्षाका सवालमा ६ बुँदा समेटिएर २१ बुँदे घोषणापत्र जारी गरिएको छ ।
हेर्नुहोस्
NTEAN Pokhara Ghosana Patra-compressed
Press Release-compressed
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु