पोखराबाट सम्भवतः सबैभन्दा ठूलो परिमाणमा सुनसहित कारोबारी पक्राउ गरिएको छ । पोखराकै पुरानो सुनचाँदी बजारका रुपमा चिनिने मोहरिया टोलमा अवैध सुन ल्याएर गरगहना बनाएर बेच्दै आएका एक भारतीयलाई कास्की प्रहरीले मंगलबार सबेरै पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पश्चिम बंगाल मेदीनीपुर दासपुर–११ घर भएका ४० वर्षीय सुरजित भौमिक रहेका छन्। उनले पोखरा वडा नं. २ मोहरिया टोलस्थित कवीन्द्रप्रसाद श्रेष्ठको ३ तले घर लामो समयदेखि भाडामा लिई गरगहना बनाउँदै आएका थिए ।
कास्की प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार सुरजितले उक्त घरमा अवैध सुन ल्याएर सुनका विभिन्न गरगहना बनाएर बेचबिखन तथा कारोबार गर्ने गरेको सूचना आधारमा मंगलबार बिहान करिब साढे ४ बजे नियन्त्रणमा लिइएको हो।
नोट गन्ती, सुनचाँदीको नापतौलका काम पूरा गरी मंगलबार राति पौने ९ बजे पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो।
घरका विभिन्न कोठामा लुकाइछिपाइ राखेको अवस्थामा स्रोत खुलाउन नसकेका सुनका गरगहना, काँचो सुन, चाँदी र नगदसहित भौमिकलाई नियन्त्रणमा लिइएको थियो ।
उनको साथबाट सुनका गरगहना ५ केजी २ सय ग्राम, काँचो सुन ९९९ ग्राम, एक ढिका (बिस्कुट), ५० ग्राम १ ढिक्कासमेत गरी कुल ६ केजी ६९ ग्राम सुन बरामद गरिएको हो। त्यस्तै ६ केजी चाँदी, नगद ६२ लाख ८१ हजार, विभिन्न बैंकका ६० लाख रकम उल्लेख गरिएका १३ थान चेक बरामद गरिएको छ।
प्रहरीले मंगलबार दिनभर सुनचाँदी व्यवसायी संघको सहयोगमा सुनको परीक्षण गरेको थियो । गहनामा मिश्रित पत्थर, लाहा, क्रिस्टल हटाएर सुनको जोखेको थियो ।
उनलाई नियन्त्रणमा लिइएपनि ती सामाग्री बरामद गर्न प्रहरीलाई साढे २ घण्टा बढी समय लागेको थियो । प्रहरी पुग्दा १०/१२ जनाले सुनका गहना बनाउने काम गरिरहेका थिए ।
प्रहरी पुग्नासाथ उनकी श्रीमती भागेकी थिइन् । श्रीमतीसँग तालाचाबी छ, आफूसँग छैन भन्दै ढाँटेका भौमिकले निकै बेर प्रहरीलाई अल्मलाएका थिए ।

भौमिकलाई बुधबार नै राजस्व अनुसन्धान विभाग ललितपुर पठाउने तयारी भएको एसपी थापाले बताए । ‘भोलि राजश्व अनुसन्धान विभागमा पठाउँछौं, विभागले थप अनुसन्धान गर्ने छ,’ थापाले भने ‘सूचनाका आधारमा छापा मार्दा सुनैसुन र पैसा फेला प¥यो । नगद झोलामा राखिएको थियो ।’
पोखराकै सुन व्यवसायीले अवैध रुपमा पोखरा ल्याएको सुन भौमिकलाई गहना बनाउन दिइएको हुनसक्ने प्रहरीको अनुमान छ । भौमिक कालीगढ व्यवस्थान गरी सुनका गरगहना तयार गर्ने व्यक्ति मात्रै पनि हुनसक्ने आशंका गर्ने ठाउँ पनि छ । ७२ सालदेखिका चेक प्राप्त भएकाले यसबाट पहिल्यैदेखिको तथ्य खुल्ने प्रहरीको विश्वास छ ।
झण्डै पौने करोड नगद पनि झोलामा राखिएको अवस्थामा एकमुष्ठ भेटिएकाले यहाँबाट अवैध कारोबार लामो समयदेखि हुँदै आएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले यहाँका व्यवसायीमाथि पनि नजर राखेको छ ।
राजनीतिक तथा शक्तिकेन्द्रको हस्तक्षेप वा दबाब नभएमा भौमिकमाथिको सुक्ष्म अनुसन्धानबाट अवैध कारोबारको रहस्य पत्ता लाग्ने विश्वास लिन सकिन्छ ।
सम्बन्धित खबर
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला