काठमाडौं- नेपाल प्रहरीले ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको यही फागुन १ गतेको निर्णय अनुसार एसपी सरुवा गरिएको हो।
प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले सूचना जारी गर्दै २०८० फागुन महिनाको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको जनाएको छ।
साथै प्रहरी प्रधान कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै उल्लेखित व्यहोरा अवगत गरी सम्बन्धित निकायमा आवश्यक कारबाही गर्न/गराउन अनुरोध गरेको छ।
स्याङ्जामा शर्मा, राउत शान्ति सुरक्षा महाशाखा सरूवा
सरुवासङ्गै शालिग्राम शर्मालाई स्याङ्जा प्रहरीको जिम्मेवारी दिइएको छ भने स्याङ्जाका प्रहरी प्रमुख संजय बहादुर राउतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखामा सरुवा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अवदेश विष्ट क्षेत्रीलाई काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम रानीपोखरी सरुवा गरिएको छ भने प्रदेश कार्यालय पोखरा, कास्की अपराध अनुसन्धान शाखाका केदार खनाललाई विषेश सुरक्षा गण, बेलचौतारा,तनहुँमा सरुवा गरिएको छ ।
बागलुङमा ऋषिराम कँडेल आएका छन् । धादिङमा गौतम मिश्रको सरुवा भई गौतमकुमार केसी आएका छन् । गोरखामा अख्तियारबाट बासुदेव पाठक आएका छन् ।
साइबर ब्युरो अपराध अनुसन्धान शाखा, भोटाहिटीका नरेन्द्र चन्दलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा सरुवा गरिएको छ ।
मंगलबार सरुवा भएका एसपीहरुको सूची यस्तो छ
sp
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर