काठमाडौं । नेकपा एमालेले २ जना केन्द्रीय सदस्यलाई पार्टीबाट हटाएको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय सदस्यद्धय ऐन महर र सराज अहमद फारुकीलाई कारबाही गर्दै पार्टीको जिम्मेवारीबाट हटाएको हो ।
महर यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि आलोचित बनेका थिए भने आर्थिक बिचलनको प्रमाणहरु भेटिएकाले फारुकीलाई पनि जिम्मेवारीबाट हटाईएको एमालेले जनाएको छ । २ नेतालाई कारबाही गर्दै एमालेले पार्टीको शुद्धीकरण अभियान थालेको जनाएको छ ।
यसअघिको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विचलन देखा परेको भन्दै चिन्ता व्यक्त गरेको थियो। त्यही सचिवालयको बैठकमा उनले उठाएको पार्टीको शुद्धीकरण र सुदृढीकरणको अभियान फागुन ८ गतेदेखि सुरू हुने केन्द्रीय कमिटीको कार्यसूची बन्ने भएको छ।
केही समयअघि एकजना महिला र महरको बिचमा भएको भनिएको ‘यौन सम्बन्धी विवाद’ सामाजिक संजालमार्फत बहिरिएको थियो ।
आफूसँग सबन्धमा रहेकी महिलाले ‘बर्बाद पार्छु’ भनेपछि ऐन महरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको दाबी गरिएको थियो । सार्वजनिक अडियोमा महरले अडियोमा ती महिलासँग सम्बन्ध रहेको तर, आगामी दिनमा परिवारसँग मिलेर बस्न र ‘डिभोर्स’ नगर्न सुझाएका थिए ।
एमालेको भातृ संगठन अनेरास्ववियुका पूर्व अध्यक्षसमेत रहेका महर पार्टीमा अध्यक्ष केपी ओलीको निकट मानिन्छन् । गएको प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट उम्मेदवार रहेका उनी एकीकृत समाजवादीका नेता तथा संसद्को शिक्षा तथा स्वास्थ्य एवं सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीसँग पराजित भएका थिए ।
यता कारबाहीमा परेका अर्का नेता फारुकी प्रतिनिधि सभाका सदस्यसमेत हुन् । एमाले निकट मुस्लिम संघको अध्यक्षसमेत रहेकी कपिलबस्तुका उनी एमालेबाट समानुपातिक सांसद छन् । पार्टीको अनुशासन उल्लंघनको आरोपमा कारबाहीमा परेका फारुकीको सांसद पद पनि धरापमा परेको छ ।
पार्टीले कारबाही गरे र पार्टीको सिद्धान्तभन्दा बाहिर गएका पार्टीले कारबाही गर्न सक्ने कानूनी व्यवस्था रहेको छ । एमालेले यसबारेमा कुनैपनि प्रतिक्रिया जनाएको छैन् । यद्यपि स्रोतका अनुसार तत्काल उनलाई सांसदबाट नहटाउने नेतृत्वको चाहना रहेको छ ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
सुनकाे मूल्य आज घट्यो