काठमाडौंको सीतापाइला नजिकै स्वयम्भूमा दुई छोरी र श्रीमतीको हत्या गरेकाे खुलेको छ । हत्यापछि श्रीमान राजु घिमिरे भनिने काजी बिकले आफैले पनि आत्महत्या गरेका छन्।
बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा एकै परिवारका तीन जना मृत फेला परेका थिए ।
ओखलढुंगा घर भई डेरामा बसिरहेका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका हुन् । उनीहरूमाथि घरेलु हतियार प्रहार भएको पाइएको थियो। दुई तले घरको भुईं तलामा कोठा लिएर बसेका उनीहरुमाथि ह्यामरले हानेको अवस्थामा शव रहेको फेला परेको प्रहरीको भनाई छ।
घटनास्थलमा खटिएका अनुसन्धान अधिकृतका अनुसार ईश्वरीका ३७ वर्षीय श्रीमान राजु आफैंले घटना गरेपछि आफ्ना सालोलाई सम्पर्क गरेका थिए।
बिहान घटना भइसकेपछि सबैलाई मारेँ, अब म पनि मर्छु भनेर सालोलाई फोनमा भनेपछि प्रहरीलाई खबर भएको बुझिन्छ ।
प्रहरीले राजुलाई खोजी गर्दा नागार्जुन नगरपालिका-३ हरिसिद्धी जंगल (ह्वाइट गुम्बाको तल्लो) भेगमा एउटा रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। यसरी एकै परिवारका चारै जना मर्ने मार्ने घटनाको कारणबारे भने खुलिसकेको छैन।
अन्तर्जातिय विवाह गरेका उनीहरूका छोरी पनि राजु पट्टीका हुन् कि होइनन् भन्नेबारे पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर