कावासोती । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने लहर देशैभर चलेको छ । यही क्रममा नवलपुरका जिल्ला कमिटीका अध्यक्षसहित सबै नेता–कार्यकर्ता मंगलबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले प्रवेश गर्नेमा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य झविलाल राना, प्रदेश सचिवालय सदस्य दुर्गा भुर्तेल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खगराज कँडेल, जिल्ला उपाध्यक्ष एवं युवा संघ इन्चार्ज प्रेम पाण्डेसहितका प्रभावशाली नेता छन् ।
यसैगरी, जिल्ला कमिटी सदस्य, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटी, हुप्सेकोट गाउँ कमिटि अध्यक्षसहित सम्पूर्ण कमिटी नै एमालेमा फर्किएका छन् ।
त्यस्तै, नेकपा माओवादीका जिल्ला सदस्य तुलसीराम अर्याल, डनु गिरी, टिकाराम पाण्डे, कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
उनीहरूलाई नेकपा एमाले नवलपुर जिल्ला पाटी कार्यालयमा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा स्वागत गरे ।

नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा घरफर्क अभियान अन्तर्गत नेकपा एकीकृत समाजवादी पाटी र नेकपा माओवादीसहितको टोलीलाई एमाले प्रवेश गराइएको हो । गत हप्ता मात्र नेकपा एकीकृत समाजवादी पाटीका केन्द्रीय सदस्यद्वय शालिकराम भट्टराई र डा. गोपाल खनाल एमाले प्रवेश गरेका थिए ।
कार्यक्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विगतमा बाटो बिराएर अहिले आफ्नै घर फर्की आएकोमा धन्यवाद व्यक्त गर्दै घर फर्किकाहरुलाई पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने बताए ।

कार्यक्रममा एमाले पालिटब्युरो सदस्य मना केसी, केन्द्रीय सदस्यद्वय कृष्ण पौडेल र तीलक महतसहित प्रदेश कमिटीका नेताहरुको उपस्थिति थियो ।
सम्बन्धित खबर
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु
पूर्व–पश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा
नवलपरासीको विनयी खोला पुलमा बिहीबारबाट गाडी चल्ने
विषालु च्याउ खाँदा १६ जना बिरामी, ३ को अवस्था गम्भीर
पानी परेको बेला दाउन्ने सडकमा राति गाडी चलाउन रोक
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’