गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
ज्येष्ठ नागरिक सेवा केन्द्र पोखरा १५ ले ज्येष्ठ नागरिकहरुलाई धार्मिक भ्रमणमा लगेको छ ।
सेवा केन्द्र अन्तर्गत वडाका ३ केन्द्रमा जोडिएका वडाका ज्येष्ठ नागरिकहरुलाई मौला कालिका दर्शनका साथै देवघाट भ्रमणमा लगेको वडा अध्यक्ष तोरण बानियाँले जानकारी दिए ।
वडा सदस्य बलराम पौडेल र सेवा केन्द्रका अध्यक्ष रामबहादुर बस्नेतको नेतृत्वमा तीन वटा बस रिजर्भ गरी १२० जना पोखराबाट नवलपुर र चितवन गएका हुन् । कार्यपालिका सदस्य मन्दिरा परियार लगायतले बिदाइ गरे ।
अहिलेको व्यस्त समयमा घर परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवा आमाहरूलाई नयाँ ठाउँको अवलोकन गराउने उद्देश्यले वडाको वार्षिक बजेटबाट भ्रमणमा लगिएको वडा अध्यक्ष बानियाँले बताए ।
बानियाँले नयाँ ठाउँको विकास तथा पछिल्ला दिनमा भएका परिवर्तनबारे प्रायः वृद्ध वृद्धा बेखबर रहने र कतिपय पोखराबाट बाहिर ननिस्किएकाहरू पनि भएकाले उहाँहरूको सम्मान स्वरूप एक दिने भ्रमणमा लगिएको जानकारी दिए ।
उनले औपचारिक विद्यालयको शिक्षासँगै आफूले जीवनमा भोगेका भोगाई र शिक्षा ज्येष्ठ नागरिकबाट पनि सिक्नुपर्ने भन्दै ज्येष्ठ नागरिकलाई सधैँ सम्मान गर्नुपर्ने बताए ।
भ्रमणमा सहभागीहरूले पछिल्लो समय वृद्ध वृद्धाहरूलाई उचित सम्मान नगरिरहेको अवस्थामा यसरी वडाले वर्षेनी भ्रमणमा लगेकोमा खुसी व्यक्त गरे। यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने भन्दै यस्ता कार्यलाई निरन्तरता दिन पनि आग्रह गरे ।
भ्रमणमा सहभागीहरूले भजन, खैचडी बजाएर रमाइलो गरेका थिए । ज्येष्ठ नागरिक अन्तर जिल्ला भ्रमण कार्यक्रम अन्तर्गत वडाले गत वर्ष वडावासी एक सय वृद्ध वृद्धाहरूलाई धौलागिरी क्षेत्रमा भ्रमणमा लगेको थियो ।
जनप्रतिनिधि र कर्मचारीहरुको अध्ययन अवलोकन भ्रमण सम्पन्न
वडाले यसअघि जनप्रतिनिधि र कर्मचारीहरुको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरिसकेको छ ।
फागुन ४ देखि ७ गतेसम्म पोखरादेखि सुनवल, त्रिवेणि धाम, वाल्मीकि आश्रम, अमलटारी होमस्टे, सिजी, मौला कालिका, सौराहा हुँदै पुन: पोखरासम्मको अध्ययन अवलोकन भ्रमण यात्रा सम्पन्न गरेको वडा सदस्य आशिष भण्डारीले जानकारी दिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’