नेकपा एमालेसँगको नयाँ सत्ता गठबन्धनको तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजकै मितिदेखि कम्युनिष्ट एकताका लागि पहल गरेको प्रतिक्रिया दिएका छन् ।
कांग्रेससँगको सत्ता गठबन्धन तोडिने लगभग निश्चित भएको समयमा प्रचण्डले कम्युनिष्ट एकताको पहल थालेको प्रतिक्रिया दिएका हुन् ।
तीव्र राजनीतिक घटनाक्रमका बीच प्रचण्डले सुखानी शहीद परिवारसँगको भेटमा भने, ‘शहीदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।’
यसअघि एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि आजै सरकार परिवर्तन हुने र सानो आकारको मन्त्रीमण्डलले शपथ लिने बताएका थिए ।
फागुन २१ गते अर्थात् आज सुखानी हत्याकाण्ड भएको दिन हो । सुखानीको जङ्गलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरूको स्मरणमा एक साता शहीद सप्ताह मनाइएको छ । त्यसै सन्दर्भमा प्रचण्डले सुखानी शहीदका परिवारसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका हुन् ।
तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो । आजको भेटमा ती शहीद परिवारका सदस्यहरू विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु