बेइजिङ — चीनले नेपालमा नयाँ सरकार गठन भएकोमा चासो प्रकट गरेको छ। मंगलबार बेइजिङमा आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा नेपालको राजनीतिक परिस्थितिबारे प्रश्न सोधिएको थियो।
जवाफमा चिनियाँ परराष्ट्र प्रवक्ता माओ निङले चीनले नेपालमा एकता र सहकार्य गरेर नयाँ सरकारको गठन कार्य सहज रूपमा अगाडि बढ्ने आशा प्रकट गरिन्।
नेपालले हालै नयाँ सत्ता गठबन्धन गठन गरेको र मन्त्रिपरिषद् पुनर्गठन गरेकोबारे उनले भनिन्, ‘नयाँ सरकार गठनसम्बन्धी कार्यलाई सहज रूपमा अघि बढाउन र राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपालका सबै दल एकताबद्ध भई सहकार्य गर्ने विश्वास छ।’
उनले एक मैत्रीपूर्ण छिमेकी र सहयोगी साझेदारको रूपमा चीन चीन–नेपाल सम्बन्धलाई निकै महत्त्व दिने बताउँदै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको पालना गर्न, परम्परागत मित्रता अभिवृद्धि गर्न, व्यवहारिक सहयोगलाई प्रगाढ बनाउन र आगामी पुस्ताका लागि चीन–नेपालको रणनीतिक सहयोगात्मक साझेदारी प्रवर्द्धनका लागि नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताइन्।
उनले भनिन्, ‘विकास र समृद्धितर्फ उन्मुख हुन र दुई देशका जनताका लागि थप लाभ सिर्जना गर्न थप विकास गर्न नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न चीन तयार छ।’
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’