बेइजिङ — चीनले नेपालमा नयाँ सरकार गठन भएकोमा चासो प्रकट गरेको छ। मंगलबार बेइजिङमा आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा नेपालको राजनीतिक परिस्थितिबारे प्रश्न सोधिएको थियो।
जवाफमा चिनियाँ परराष्ट्र प्रवक्ता माओ निङले चीनले नेपालमा एकता र सहकार्य गरेर नयाँ सरकारको गठन कार्य सहज रूपमा अगाडि बढ्ने आशा प्रकट गरिन्।
नेपालले हालै नयाँ सत्ता गठबन्धन गठन गरेको र मन्त्रिपरिषद् पुनर्गठन गरेकोबारे उनले भनिन्, ‘नयाँ सरकार गठनसम्बन्धी कार्यलाई सहज रूपमा अघि बढाउन र राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपालका सबै दल एकताबद्ध भई सहकार्य गर्ने विश्वास छ।’
उनले एक मैत्रीपूर्ण छिमेकी र सहयोगी साझेदारको रूपमा चीन चीन–नेपाल सम्बन्धलाई निकै महत्त्व दिने बताउँदै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको पालना गर्न, परम्परागत मित्रता अभिवृद्धि गर्न, व्यवहारिक सहयोगलाई प्रगाढ बनाउन र आगामी पुस्ताका लागि चीन–नेपालको रणनीतिक सहयोगात्मक साझेदारी प्रवर्द्धनका लागि नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताइन्।
उनले भनिन्, ‘विकास र समृद्धितर्फ उन्मुख हुन र दुई देशका जनताका लागि थप लाभ सिर्जना गर्न थप विकास गर्न नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न चीन तयार छ।’
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु