काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपालको निवासमा पुगेका छन् ।
नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन भएसँगै एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन् ।
नेकपा विभाजन भए देखि ओली नेपाल निवास पुगेका थिएनन् ।
सोमवार मात्रै फेरिएको सत्ता गठबन्धनमा आफू छुटेपछि असन्तुष्ट बनेका नेपाललाई फकाउन लगातार दोस्रो दिन पनि प्रचण्ड नेपाल निवासमा पुगेका हुन् । मंगलवार उनलाई एमाले अध्यक्ष ओलीले पनि साथ दिएका छन् ।
नयाँ गठबन्धनमा सामेल हुनका लागि ओलीले नेपाललाई आग्रह गरेका छन् ।
प्रचण्डले सोमवार पनि नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर नेपालले गठबन्धन टुटाउनेदेखि नयाँ बनाउनेसम्मको प्रक्रियामा सहभागी नगराएको भन्दै असन्तुष्टि पोखेका थिए । अघिल्लो दिन प्रचण्ड जानुपूर्व एमाले अध्यक्ष ओलीले पनि नेपाललाई फोन गरेर मिलेर जान प्रस्ताव गरेका थिए ।
तर नेपालले आफूलाई उपेक्षा गरेको असन्तुष्टि जनाएपछि प्रचण्ड दोस्रो दिन पनि भेट्न ओलीसहित पुगेका हुन् । बालुवाटारमा चलिरहेको सत्ता गठबन्धन बैठकको बीचमै प्रचण्ड र ओली नेपाल निवास पुगेका हुन् ।
मंगलवार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल नेपाल निवास पुगेका छन् ।
एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल, महासचिव घनश्याम भुसालसहितका नेता सहभागी छन् ।
प्रतिनिधिसभामा एकीकृत समाजवादीसँग १० सिट छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु