नेपाली सेनाले महाशिवरात्रि तथा स्थापनाको २६१औँ वार्षिकोत्सव मनाएको छ। सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहबीच स्थापना दिवस आयोजना भएको हो।
समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झन्डालगायत महाशिवरात्रि तथा सेना दिवसको ब्यानर प्रदर्शनसहित पुष्पवृष्टि गरिएको थियो। कार्यक्रममा राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक एवं सांगीतिक प्रस्तुति गरिएको थियो।

राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पाहार चढाएर सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरे। उनले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही–२०८० विमोचन गरे।
राष्ट्रपतिले फ्रि–फल जम्पमा प्रथम र द्वितीय हुने क्रमशः अमल्दार टंकबहादुर डाँगी र सेनानी जगन्नाथ दनैलाई पुरस्कार प्रदान गरे। उनले कार्यक्रममा सांगीतिक प्रस्तुति दिने भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्यान्ड टोलीका प्रमुखहरूलाई उपहार प्रदान गरे।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरेलगायत विशिष्ठ व्यक्ति सहभागी थिए।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।

वर्तमान सेनाको साङ्गठनिक स्वरूप १८१९ सालदेखि सुरुआत भएको हो । नेपाली सेनाले मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ ।

सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’