काठमाडौँ : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सरकारको आयुसँग आफूलाई मतलब नभएको दाबी गरेका छन्।
आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि प्रदेश र जिल्ला प्रहरी प्रमुखहरूलाई भिडियो कन्फेरेन्समार्फत निर्देशनदिनेक्रममा उनले जति दिन टिकिन्छ राम्रो कामको प्रयास गर्ने बताए।
उनले प्रहरी सङ्गठनको सरुवा- बढुवामा ‘धाउनुपर्ने’ व्यवस्थाको अन्त्य गर्ने भन्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई सङ्गठनभित्रको सरुवा र बढुवा समयमा गर्न निर्देशन समेत दिएका थिए।
उनले भिआइपी कल्चरको अन्त्य गर्ने भन्दै आफूलाई एक जना पिएसओमात्र दिन आग्रह गरेका थिए। उनले आफू प्रहरी सङ्गठनको निर्णयमा हस्तक्षेप नगर्ने तर अन्यलाई अधिकार बुझाए चुप लागेर नबस्ने चेतावनी दिएका थिए।
‘आइजिपी साप’ले आफ्नो अधिकार कसैलाई नबुझाउनुस्, म कुनै हस्तक्षेप गर्दिन’ उनले भने।
उनले प्रहरी नियमावलीमा रहेको अवकाशको सर्तमा ३० वर्षे सेवा अवधि हट्नुपर्ने र यसका लागि कसै न कसैले सेक्रिफाइस गर्नुपर्ने बताएका थिए।
कानुन संशोधन गरेर प्रहरी समायोजन गर्ने भन्दै उनले, हवलदार र जुनियर प्रहरी अधिकृतहरूका लागि १६ वर्षे र १८ वर्षे पेन्सन अवधि लागू गर्न आफू दृढ रहेको बताएका थिए।
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो