प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी दिनमा संसद सहजै रूपमा चल्छ भन्ने नसोच्न सरकारलाई चेतावनी दिएको छ ।
कांग्रेसले विवादित व्यक्तिलाई मन्त्री बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उथलपुथल गरेको आरोप लगाएको छ। बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगीमा सम्लग्नलाई गृहमन्त्री बनाएको भन्दै आक्रोश पोखेकी हुन्।
‘केही दिनदेखि विवादस्पद मन्त्रीमको विषयमा सदनमा कुरा उठेको छ सरकारको पक्षबाट विवादस्दपद मन्त्रीलाई केही कारबाही गरेको सेन्समा प्रधानमन्त्रीले हामीले सम्बन्धित कुरालाई सम्बोधन गरेर आएका छौं भन्नुभयो’, सचेतक थिङले भनिन्, ‘उहाँकै भाषामा भन्न चाहन्छु, उहाँले सहकारी ठगिमा जोडिएका र पोखरा महानगरले प्रतिवेदन दिएर अनुसन्धनमा रहेकलाई गृहमन्त्री बनाएर ल्याउनुभएको छ साँच्चिकै उथलपुथल गर्नुभएछ।’
कांग्रेस सचेतक थिङले यसबाट निष्पक्ष अनुसन्धन हुन नसक्ने आशंका व्यक्त गरिन् यसैगरी पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करीमा जोडिएकोले यी सबै विषय निराकरण नभएसम्म सदन सहज रुपमा चल्न नदिने चेतावनी पनि दिइन्।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’