काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन परिवर्तन भएको जस अरू देशलाई दिन जरुरी नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले चीनप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
“नेपाली कांग्रेसले राम्रो काम गरेको सबैले आफूले गरेको भन्छ, अरूलाई एक छेउ जस दिँदैन । देशभित्रको काम हामीले गरेको भन्दा जस दिँदा हुन्छ नि, हामी दुइ भाइलाई दिँदा हुन्छ नि ! को कहाँबाट कुन देश आयो भन्छ,” उनले भने ।
नेपाली कांग्रेसले इमानका कुरा गरेर धाक लगाएको देख्दा, सुन्दा अचम्म लाग्ने भन्दै उनले व्यंग्य गरे । “मलाई कांग्रेससँग भनाभन गर्न मन छैन, तर खानी, साह्रै एकदम वाचा–बन्धनमा अडिएको इमानैइमानको खानी, बेइमानी थाहा नपाएको भनी बोल्दा आश्चर्य व्यक्त गरेको हो । गाउँघरतिर बाउला तानेको भन्छ । ठिक बोलौँ है भनेर मैले सम्झाएको हो,” उनले भने ।
उनले ‘बिहान ऐना हेरर आएको हो ?’ भन्दै प्रश्न गरे ।
ओलीले नेपाली कांग्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन किन नमिल्ने भनेर प्रश्न गरे । ओलीले पोहोर समर्थन गर्न हुने अहिले किन नहुने भनेर प्रतिनिधि सभाबाट कांग्रेसलाई प्रश्न गरे ।
एमाले अध्यक्ष ओलीले अघिल्लो पटक आफूले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेर प्रधानमन्त्री बनाउँदा नेपाली कांग्रेस नयाँ ब्याट्री हालेजस्ता भएर हौसिए पनि अहिले किन बटारिएको भन्दै प्रश्न गरेका छन् ।
उनले मुलुकमा जनमुखी सरकार गठन भएको बताए ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?