प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गतेदेखि प्रमुख प्रतिपक्षमा गएको नेपाली कांग्रेसलाई अर्को ठूलो शक्ति नेकपा एमालेसँग मिल्न चुनौती दिएका छन्।
बुधबार विश्वासको मतका लागि डाकिएको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यसो भनेका हुन्।
‘आजको संसदमा बहस सजीव रुपमा अघि बढेको छ। तेस्रो पटक विश्वासको मत लिँदैछु गठबन्धन भत्किँदै बन्दै गरेकाले’, उनले भने, ‘पुरानो गठबन्धनलाई निन्तरता दिनु भनेको दिन काट्नु, काल पर्खिनु जस्तै भयो। प्रधानमन्त्री थिएँ तर विकास होस् कि नहोस् भनेर बस्न मिल्ने थिएन। कांग्रेससँग मिल्न नसकेपछि मैले कि पद त्याग्नुपर्थ्यो कि त नयाँ गठबन्धनमा जानुपर्थयो।’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई ठूला दल मिलेमा माओवादीको हालत के हुन्छ भन्नै बुधबारको संसद् बैठकमै कटाक्ष गरेका थिए।
‘ठूला दलहरू हामी मिल्यौँ भने तेरो हालत के हुन्छ? भनेर पहिले पनि भनियो, आज पनि भनियो’, उनले भने, ‘मेरो त कामना छ तपाईंहरू सबै मिल्नु भयो भने माओवादी प्रतिपक्षमा जान्छ। कांग्रेसका नेताहरूले त्यसो भनेर ठूला दलहरू मिल्दा माओवादी केन्द्र डराउँदैन।’
हिजो कांग्रेस र एमाले मिलेर आफूहरूको टाउको काट्न खोजेको पनि दाबी उनले गरे। ‘हिजो सबै मिलेर टाउको काट्न खोजेकै हो नि त’, उनले भने, ‘राजनीतिक रुपले हित र फाइदा हुन्छ भने गठबन्धनमा मिल्ने हो, विचार नमिले छाड्ने हो।’
उनले प्रश्न उठेका मान्छेलाई किन मन्त्री बनाएको भनेर कांग्रेसले सोधेको प्रश्नको जवाफ पनि दिए। ‘प्रश्न उठेकालाई किन मन्त्री बनाइयो, किन सरकारमा लगियो भनियो तर उनैलाई प्रधानमन्त्री बनाउन पनि हिँडेको हामीले सुनेकै छौँ।
आफूतिर नआउने भएपछि भ्रष्टाचारी र कारबाहीमा परेको भनिदिए हुने हो?’
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान