७० वर्षसम्म आफ्नो शरीरमा ‘फलामको फोक्सो’ राखेर जीवन बिताएका पल अलेक्जेन्डरको निधन भएको छ। ‘पोलियो पल’ भनेर चिनिने उनको ७८ वर्षको उमेरमा निधन भएको हो।
सन् १९४६ मा जन्मेका अलेक्जेन्डरलाई ६ वर्षको उमेरमा पोलियोका कारण पक्षघात भएको थियो। त्यसले गर्दा उनी आफ्नो टाउको, घाँटी र मुख मात्र चलाउन सक्ने भएका थिए।
त्यो समयमा अमेरिकामा पोलियोको व्यापक महामारी थियो। केटाकेटीहरूलाई फलामको फोक्सो राखेर सास फेर्न सक्ने बनाइन्थ्यो।
डाक्टरहरुले उनलाई सधैभरी फलामे फोक्सोको मेसिनमै राख्ने निर्णय गरे । इकोनोमिक टाइम्सका अनुसार अलेक्जेन्डरको प्राण धिपधिप भएपछि उनी ८ वर्षको हुँदा शरीरमा फलामको फोक्सो राखिएको थियो। फलामको उक्त फोक्सो मेसिनमा भ्यागुतोको श्वासप्रश्वास प्रविधि प्रयोग गरिएको थियो। यसले उनलाई एकपटकमा मुखभरि अक्सिजन लिएर घाँटी हुँदै फोक्सोसम्म धकेल्न मद्दत गर्थ्यो।
अलेक्जेन्डरले ७० वर्षसम्म यसैगरी जीवन बिताए। उनले घरबाटै स्कुल पढे र २१ वर्षको उमेरमा ग्र्याजुएट भए। डालास हाइ स्कुलमा भौतिक कक्षामा उपस्थित नभइ, घरबाटै पढेर ग्र्याजुएट हुने उनी पहिलो विद्यार्थी हुन्।
यति कठीन जिन्दगीले पनि पाउलको हौसला डगमगाएन । उनले मेसिनमा बन्द भएरै पढाई पूरा गरे । कानूनको पढाई पूरा गरेसँगै उनले केही समय विशेष ह्विलचेयरको सहयोगमा वकलात पनि गरे । उनले सन् २०२० मा आत्मकथा पनि लेखेका छन्। किताब लेख्नु सजिलो काम थिएन । त्यसैले त्यो किताब पूरा गर्न उनलाई ८ वर्ष लागेको थियो ।
उनी राम्रोसँग चल्न पनि सक्थेनन् । किबोर्डमा प्लास्टिकको स्टिक चलाएर उनले किताब लेखेका हुन् । उनलाई धेरैले ‘प्रेरणाका स्रोत’ मान्छन्।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर