काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार महरालाई सोमबार बिहान भैरहवाबाट पक्राउ गरिएको हो।
उनी रुपन्देही हुँदै रोल्पा जान लागेका थिए। सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। ‘हामीलाई माथिबाट निगरानी गर्ने भन्ने आदेश थियो। त्यही अनुसार हामीले केही दिनयता निगरानी बढाएका थियौं। निर्देशनअनुसार रुपन्देही आएका महरालाई सीआईबीको सम्पर्कमा जानुस् भनेर भनेका थियौं। उहाँ रोल्पाको कार्यक्रम छाडेर काठमाडौं फर्कनु भएको हो,’ प्रहरी उच्च स्रोतले भन्यो, ‘हामीले नियन्त्रणमा राखेका होइनौं। तर, काठमाडौं पुगेपछि उहाँको फिजिकल एरेस्ट हुन सक्छ। गौतमबुद्ध विमानस्थलबाट यति एयरलाइन्सको वाई टी-८९२ नम्बरको फ्लाइटबाट उहाँ १०:२७ बजे काठमाडौं फर्किनु भएको हो।’
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारस गरेको थियो। आयोगले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको हो।
आयोगले बुझाएको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए। त्यसपश्चात मन्त्रिपरिषद्को बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। सोही अनुसार गृहमन्त्री लामिछानेले मातहतका सुरक्षा निकायलाई पक्राउ गर्न निर्देशन दिएका थिए।
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो।
एउटै घटनामा छोरा राहुल पक्राउ परेको झन्डै ७ महिनापछि माओवादी नेता महरा पक्राउ परेका हुन्। बाबाछोरा नै हिरासतमा पुगेकाे नमिठो संयोग यसअघि तत्कालीन माओवादीकै नेता टोपबहादुर रायमाझीको पनि छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै उनका छोरा सन्दीप रायमाझी पनि पक्राउ परेका थिए । टाेपबहादुर हिरासतमा छन् भने छाेरा सन्दीप भने धराैटीमा छुटेका थिए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु