पोखरा महानगरपालिका १२ मा शहरी स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ । सोमबार वडाध्यक्ष सन्तोष बास्तोलाले शिलान्यास गरेका हुन् ।
पहिलो किस्ता ३० लाखको लागतमा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु गरिएता पनि यसको पुरा भने अर्को आर्थिक वर्षमा हुने वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।
‘निकै नै जिर्ण अवस्थामा रहेको भवनबाट हुँदै आएको सेवा प्रवाहलाई अझै व्यवस्थित गराउनको लागि नयाँ स्वास्थ्य केन्द्रको भवन पोखरा १२ परीसरमा शिलान्यास गरिएको हो । वडाध्यक्ष निर्वाचित भएको २०/२२ महिना पूरा भएको छ ।
यो अवधिलाई आफैंले पनि गम्भीर समीक्षा गरेको छु र विश्वास गरेको छु कि निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्न हरसम्भव प्रयास गरेका छौँ, उनले भने ।’
पछिल्लो समय वडा कार्यालयले स्थानीयलाई प्रत्येक्ष रुपमा जोड्नको लागि विभिन्न कामहरु पनि गर्दै आइरहेको छ । कार्यालयले जनतालाई स्थानीय सरकारको अनुभुति दिलाउन पनि स्वास्थ्य सेवाको पहुँच बिस्तारको लागि पहल गरिरहेको छ । स्वास्थ्य केन्द्रको भवन बनेपछि भने स्थानीयलाई सहज हुने वडाध्यक्ष बास्तोलाको भनाइ छ ।
सामान्य विरामी पर्दा पनि शहरका ठुला अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य गर्न वडामै स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन लागिएको हो, उनले भने । शिलान्यास कार्यक्रममा कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी एवम स्थानीयवासीको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु