स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ बजारस्थित खेलमैदानमा दरौँखोला युवा परिवारले आयोजना गरेको वडा क्लब स्तरीय भलिबल प्रतियोगितामा अग्रदिप युवा क्लबलाई हराउँदै सम्झना युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।
सम्झना युवा क्लबले राष्ट्रिय भलिबल नेपालका कप्तान मान बहादुर श्रेष्ठ र सदस्य धन बहादुर भट्ट सहभागी अग्रदिप युवा क्लबलाई ३-० को सोझो सेटमा हराएर फाइनलमा प्रवेश गरेको हो ।
गण्डकी प्रदेश भलिबलका पुर्व कप्तान तथा टिपटप हेल्प नेपाल भलिबलका सदस्य सन्जु बिक्रम शाह र टिपटप हेल्प नेपाल भलिबलका सदस्य चिरन खड्का सहभागी सम्झना युवा क्लबले अग्रदिपलाई २५-१४, २५-१९ र २५-२३ अंकले पराजित गरेको हो ।
यस्तै, गण्डकी प्रदेश भलिबलका सदस्य हिमाल सुनारी र जीवन विक सहभागी आयोजक `ए´ले सोझो सेटमा आयोजक `बि´लाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
भलिबल प्रतियोगितामा शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेताले नगद एक लाख २१ हजार १११ रुपैयाँ, उपविजेताले ८१ हजार १११ रुपैयाँ, तृतीयले ४१ हजार १११ र सान्त्वना हुने टिमले ११ हजार १११ रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्डर, बेस्ट कुइकर र बेस्ट अनुशासित प्लेयर गरि विभिन्न सात विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
फागु पुर्णिमाको अवसरमा आयोजित चैत्र ११ गतेबाट सुरु भएको भलिबल प्रतियोगितामा १९ टिमको सहभागी रहेको छ । प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरीय खेलाडीहरुको घम्साघम्सी रहेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ