कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउराली नजिकै थामडाँडा घुम्तीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको यात्रुबाहक जीप आज आइतबार पौने ४ बजेको समयमा दुर्घटनामा परेको हो ।
कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा वडा नं. २३, कार्कीतगारा घर भएका ६० वर्षका लक्ष्मण सुनार र ठूलाखेतका ५२ वर्षका जयराम सुनार हुन् ।
जीप घुम्तीमा सडकबाट अन्दाजी १०० मिटर तल खस्दा १० जना घाइते भएका छन् ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल कालिका गण, नेपाल प्रहरी, स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका थिए ।
घाइते भएकाहरुको विवरण :-
पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान उपचार भएकाहरुः
१. अन्नपूर्ण गा पा ४ बस्ने बर्ष ५० कि देउमाया के सी (अवस्था माध्यम) मणिपाल रिफर
२. पोखरा २३ बस्ने बर्ष ५८ लक्ष्मण कामी टाउकोमा चोट (अवस्था माध्यम)
३. अन्नपूर्ण गा. पा ४ बस्ने बर्ष २२ को धनराज सुनार (अवस्था माध्यम)
४ . अन्नपूर्ण गा पा ५ सल्यान बस्ने बर्ष ७ आरुष बि क(अवस्था माध्यम)
५ . अन्नपूर्ण गा पा ४ बस्ने बर्ष ४१ राजकुमार बि क (अवस्था माध्यम)
मणिपाल हस्पिटल उपचार भएकाहरु :-
१ . अन्नपूर्ण गा पा ५ सल्यान बस्ने बर्ष ३५ को प्रकाश सुनार (अवस्था माध्यम)
२. ऐ.ऐ बस्ने बर्ष ३५ को सुशिला सुनार (अवस्था माध्यम )
३. ऐ.ऐ बस्ने बर्ष १५ को सोनिसा सुनार (अवस्था माध्यम)
४. ऐ.ऐ बस्ने २२ महिनाको बालक सुप्रिम सुनार (अवस्था माध्यम)
५. पोखरा महानगरपालिका २३ बस्ने बर्ष ६० को रामप्रसाद सुनार (अवस्था माध्यम)
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर