सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटा पालिकामा कर्फ्यु आदेश जारी गरेको छ ।
यसअघि अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा लागू भएकोमा प्रशासन कार्यालयले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कर्फ्यु आदेश जारी गरेको हो ।
हिजो बिहीबार एसईई परीक्षाका क्रममा हरिनगर गाउँपालिका–१ स्थित बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समूहबीच झडप भएको थियो । निषेधाज्ञापछि पनि आज दिउँसो फेरि झडप भएको हो । हिजो स्थानीय जीवन मेहतामाथि कुटपिट भएको र घाइते मेहताको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
कर्फ्यु जारी भएका क्षेत्रमा भेला, प्रदर्शन, सभा–सम्मेलन, धार्मिक कार्य गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । आदेशको अटेर गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच सुनसरीको हरिनगर क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ । हरिनगर गाउँपालिकामा दुई समूहबीच झडप भएपछि अश्रुग्यास र ५० राउन्ड बढी हवाई फायर गरेको सुनसरी प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’