पोखरा ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कुलमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी पूर्व आधारभूत तह (यूकेजी) का ६५ जना विद्यार्थीलाई दीक्षित गरेको हो । यस्तै, विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीलाई शैक्षिक पुरस्कार पनि वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका, शिक्षा महाशाखाका शिक्षा अधिकृत रामप्रसाद तिवारीले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गरे । तिवारीले पोखराका विद्यालयमध्ये शान्ति निकेतन उत्कृष्ट विद्यालयका रुपमा स्थापित भएको उल्लेख गर्दै शिक्षा महाशाखामा विद्यालयको गतिविधिको रेकर्डले नै पुष्टि गर्ने बताए ।

विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयले समयसापेक्ष शैक्षिक योजना तथा रणनीतिहरुलाई अवलम्वन गर्दै विद्यार्थीका सर्वाङ्गिण विकासमा केन्द्रीत भई उत्कृष्ट पठनपाठन गरिरहेको जनाए । संस्कारयुक्त शिक्षा तथा जीवनपयोगी सीपलाई प्रमुख आधार मान्दै आउँदा दिनमा विद्यालय अघि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको अध्यक्षतासमेत गरेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुर्त्यालले विद्यालयको शैक्षिक उपलब्धिमा सन्तुष्ट रहेको र आउँदा दिनमा ११ र १२ कक्षाका प्राविधिक धारका विषयहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका सहप्राचार्य यदुविलास भुर्त्याल, विद्यालयका परीक्षा विभाग प्रमुख हेम सुवेदी, सीपीएस प्रमुख नारायणी पराजुली, अभिभावकका तर्फबाट सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल गौसिक आलेका अभिभावक गणेश आलेमगरले बोलेका थिए ।
कार्यक्रममा शैक्षिक अनुशासनसँगै सरसफाईमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।






सम्बन्धित खबर
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर